Monday, January 20, 2014

“जिल्लाको शान, मान र उत्सव, प्रथम धादिङ महोत्सव” भन्ने मूल नाराका साथ धादिङ महोत्सव २०६४ माघ २१–२७ गते सम्म भयो । एैतिहासिक महत्व बोकेको उक्त महोत्सव धादिङ उद्योग वाणिज्य संघको आयोजनमा सम्पन्न भएको थियो । हजारौँले अवलोकल गरेको यस मेला पछि ०६८ सालमा ‘समृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटनको विकास र उद्योगको स्थापना’ भन्ने मूल नारासहित फागुनमा त्रिशुलीको किनार गलौंदीमा भएको थियो । अहिलेसम्म आउँदा आयोजक संस्था विभाजित बन्दै जिल्लामा २ वटा उद्योग  वाणिज्य संघ बन्न पुगे विभाजित हुनाको कारणहरु होलान् तर विभाजित हुनु धादिङका उद्योग व्यावससायीहरुले राम्रो मानेका छैनन् अहिले यीनै दुई (धादिङ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ धादिङ)ले छुट्टा–छुट्टै महोत्सव गर्न लाग्दै छन् । उद्योग वाणिज्य संघ धादिङले यहि माघ १५ देखि २३ सम्म बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला सम्पन्न गर्न लागेको छ भने धादिङ उद्योग वाणिज्य संघले फागुन १७ देखि त्रिशुलीमा ¥याफ्टीङ महोत्सव गर्दैछ ।
यी दुवै महोत्सवका आ–आफ्नै विशेषता छन् संयुक्त रुपमा हामी धादिङवासीहरु मिलेर यो महोत्सव सम्पन्न गर्नुपर्ने दायित्व छ । व्यवावसायीहरु बाझिएका छन्  माघ १५ गते देखि हुने महोत्सवलाई एउटाले सहयोग नगर्ने र फागुन १७ देखि हुने र्याफ्टिङलाई अर्कोले सहयोग नगर्ने यस्तो रुपरेखा तय हँुदैछ । यो धादिङको लागि राम्रो होईन यी महोत्सव सम्पन्न गर्न बनेका समितिहरु समेत राजनीतिक भागबण्डामा गरिएकोले जति क्रियासिलता हुनुपर्ने थियो त्यो देखिएको छैन । यी दुवै महोत्सवहरु मिलेर सम्पन्न गर्न कुनै छलफल गरिएको देखिँदैन । अब दुवै वाणिज्य संघले प्रतिवद्धता व्यक्त गर्नैपर्छ कमीकमजोरी सबैका छन् । यी कमजोरीहरुलाई समिक्षा गर्दै गरौला तर महोत्सव भव्य र सव्य बनाउनु पर्छ ।
धादिङ जिल्ला औद्योगिक विकासमा क्रमश अगाडी बढ्दैछ । यहाँ सिमेन्ट उद्योग, औषधी उद्योग, ग्यास उद्योग, मासु प्रशोद्धन केन्द्र, रोडा ढुङ्गा उद्योग, इट्टा उद्योग लगायतका उद्योगहरु छन् भने पर्यटकीय हिसावले गणेश हिमाल पैदल मार्ग, त्रिशुली र्याफ्टिङ, धार्मिक स्थलहरु, गंगाजमुना झरना, सिद्धलेक, सुनौलाबनार भैरवी मन्दिर, सल्यानकोट त्रिपुरासुन्दरी मन्दिर, ढोला मन्दिर लगायतलाई व्यवस्थित र प्रचारात्मक बनाउने दायित्व हामी सबैको हो । हामी धादिङबासी जडीबुटीले धनी छौँ, हामीकहाँ १५० भन्दा बढी प्रजातिका जडीबुटीहरु पाईन्छन् यी जडीबुटीहरुलाई चिन्न र प्रशोधन गर्न सकेमात्र  पनि जिल्लालाई आर्थिक रुपमा सवल बनाउन सकिन्छ । त्यसैले यहि माघ १५ गते देखि सुरुहुने महोत्सवलाई प्रभावकारी वनाउन सबैले सहयोग गरौ। महोत्सव हाम्रो हो हाम्रो सहभागिता अनिवार्य छ ।

Related Posts:

  • विनाको पूर्व श्रीमान भन्छन् मत एक्लिएँप्रकाश दाहालसित मेरो दोहोरो चिनजान थिएन । चिनजान गर्नुपर्ने आवश्यकता पनि ठानिनँ । एउटै पार्टीमा हुँदा पनि न कहिल्यै हात मिलाइयो न जम्काभेट भयो । प्रचण्डको छोराका रूपमा उनको रवाफबारे सुनेको थिएँ । त्यही व्यक्तिले मेरो जीवनक… Read More
  • समीक्षाको परीक्षामा समाचार दैनिक डा. गोपाल चिन्तन/ एउटा खास विचारधारा, पार्टी वा समूहको पक्षपोषणका लागि जन्मिएको कुनै पनि प्रकाशनको समीक्षा गर्ने कार्य धेरै चुनौतिपूर्ण काम हो । कि त आफैं पनि त्यही विचार वा समूहको हुनुपर्‍यो । त्यसबेला त आफ्नो प्रकाशन… Read More
  • धादिङ्ग घटनाको प्रतिवेदन सार्वजनिकश्रावण ३ । अन्तरजातीय विवाह गरेका कारण धादिङ्गमा दलित वस्ती विस्थापित भएको घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कारबाही अघि बढाउन सरोकारवाला निकायलाई विभिन्न दलित संघसंस्थाहरुले सुझाव दिएका छन् । जागरण मिडिया सेन्टर, दलित ग… Read More
  • माओवादी विस्तारित बैठकमै धर्ना श्रावण ४, काठमाण्डौं । एकीकृत नेकपा माओवादीको विस्तारित बैठकको उद्घाटन कार्यक्रम चलिरहँदा रौतहटबाट आएको एक परिवार कार्यक्रम स्थल बाहिर धर्नामा बसेको थियो ।रौतहट चन्द्रनिगाहपुर-२ का भोजपुरा राज्यसमिति सदस्य देवनारायण भगत एक ब… Read More
  • त्रिशुलीमा बस दुर्घटना, मर्नेको संख्या १५ पुग्योगोरखा, श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या १५ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप ६ जनाको शव भेटिएको हो । उदयपुरको कटारीबाट काठमाण्ड… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts