राजु स्याङ्तान |
दास युगमानव सभ्यतामा सताब्दीऔं अघि नै अन्त्य भईसके पनि बदलिएको समय अनुसार दासताको स्वरुप बदलिएको छ । तत्कालिन दास युगमा दासहरुलाई काबुमा ल्याउन कोर्राको प्रयोग गरिन्थ्यो । वर्तमानमा दासहरुलाई प्रयोग गर्न सुन्दर र सौम्य तरिकाले कोरा आर्दश र सपनाको खेति गरिन्छ । तत्कालिन दासहरु खानका लागि खोरमा थुनिन्थ्यो, बर्तमानमा एक पेट खान जन्मभूमिलाई चटक्कै माया मारेर मुग्लान जानु पर्छ । तत्कालिन दास युगमा खुट्टामा नेल र हातमा हतकडी लगाइन्थ्यो । वर्तमानमा फोस्रा आर्दशको अदृष्य हतकडी मुटुमा लगाइन्छ । एक जना अन्तराष्ट्रिय राजनेताले भनेका थिए “युवाहरु बिहानको घाम हो । युवाहरुको हातमा संसार छ ।” तर वर्तमान नेपालको परिवेशलाई सरसर्ति हेरियो भने यो भनाई गलतहुन जान्छ । युवाहरुको हातमा संसार होईन, बेरोजगार वर्तमान छ । र हातमा छ जाली तमसुक र पासपोर्ट । युवाहरु बिहानको उदाउँदो घाम होइन, जन्मजात नै बेरोजगार र ऋणको भारी बोकेर जन्मन्छन् । दैनिक हजारौंको सङ्ख्यामा युवाहरु बाध्यतावस् बिदेश पलायन भइरहेका छन् । देशका राजनेताहरु आफ्नो अनुकुलतामा युवाहरुलाई प्रयोग गर्छन् अनि प्रयोग पछि मूल्यहिन वस्तु बनाई फ्याँकिदिन्छन् । युवा शक्ति चुपचाप नेताहरुलाई बुइ चढाई सत्ताको स्वादिष्ट भ¥याङ माथी उकाली दिन्छन् अनि सडकमा बसी घृणित राजनिति टुलुटुल हेरि बस्छन् । नेपालका आन्दोलन र क्रान्तिहरु युवाहरुको बलिदानले अजमायका अमर इतिहासहरु हुन् ।
राजनैतिक परिवर्तनका प्रत्येक श्रृङ्खलाहरुमा युवाहरुले अग्रस्थानमा रहेर भूमिका निर्वाह गरेका छन् । तर कहाँनिर युवाशक्तिको मूल्याङ्कन भयो ? यतिका परिवर्तनहरु भयो भनियो तर किन समाजमा युवाहरु बेरोजगार भएर बस्नु प¥यो ? किन युवाहरुले जन्मभूमि छोडेर परदेशिनु पर्ने प्रचलनको अन्त्य भएन? आज सचेत युवावर्गले सोच्नु ढिला भईसकेको छ । आज नेपालका नयाँ दास मालिकहरु रेमिट्यान्सले मूलुक सम्बृद्ध बन्ने छ भन्दै युवा शक्तिको पलायनतालाई प्रसय दिइरहेको छ । बिश्व बिद्यालयहरु बेरोजगार युवा उत्पादन केन्द्रमा परिणत भईरहेको छ । चाहे गोर्खाली फौजको नाममा होस् या आज रोजगारीको नाममा, नेपालमा युवा शक्ति बिक्री गर्ने परम्परा कहिल्यै रोकिएन । यी र यस्तै तितो यथार्थ प्रति आजका युवाहरुले गन्भिर भएर नसोच्ने हो भने नेपाली समाजमा दास युगको अन्त्यहुन अझै सताब्दीऔं लाग्न सक्छ ।
बिदेश पलायन र युवाहरुमा छाएको दास मनोबृद्धीलाई सुक्ष्म ढंगले केलाउन आजका बिद्धान विदुषी भनिएकाहरुले आवश्यक ठानिरहेका छैनन् । युवाहरु भोलीको समाज सञ्चालक शक्तिहरु हुन् । युवाहरु विदेश पलायन हुनुमा नेपालका तथाकथित शासक वर्गलाई मतलब नहुनुको कारण खोज्नु ढिला भइसकेको छ । यो विषयलाई जति ओझेल पारियो उति आफ्नो लुटको साम्राज्य मजबुत हुन्छ भन्ने स्वार्थ अन्र्तनिहित छ । यहाँनिर भुल्न नहुने कुरा के छ भने तिबिदेश पलायन हुने के सबै सचेत युवा बर्ग हो त ? सोचनिय बिषय यहिनिर रहेको छ । स्मरण रहोस् ति बिदेश पलायन हुने सम्पुर्ण युवाहरु नेपालका श्रमजिवी गरिव किसान बर्गका युवाहरु हुन् । मालिकका छोरा छोरीहरु बिदेश पलायन भएका होइनन् । उनिहरु त बिदेशका महंगा बिश्व विद्यालयहरुमा उच्च शिक्षा हासिल गर्न गएका हुन् । एउटा किसानको छोरा पाँच बर्ष कतार बसेर गैरी खेतको ऋण तिर्न आइपुग्छ । त्यसै गरि एउटा सम्भ्रान्त वर्गको छोरा कसरी दासहरुको मालिक बन्ने भन्ने बिद्या आर्जन गरेर फर्कन्छ । यहाँ निर रहर र बाध्यता मिमिएको छ । बिदेश पलायनतालाई राकेर किन शासक बर्ग नेपाल मै रोजगारी सिर्जना गर्न चाहादैन ? यो प्रश्न प्रति गम्भिर भएर सोच्न आवश्यक छ । मालिकहरु सदैब दासहरु आफ्नो पाउ मोल्न आउन् भन्ठान्छन् । यो उनिहरुको वर्गिय दृष्टी दोष हो । यही वर्गिय चरित्रका कारण नेपालबाट गरिव भिख मग्गाका छोरा छोरीहरु पलायन हुनु माउनीहरुलाई कुनै टाउको दुखाईको विषय भइरहेको छैन । मालिकहरु चाहान्छन् जसरी हुन्छ मेरो पाउ मोलि दिउन् । लुटको साम्राज्य मच्चाइ रहन पाउँ । लाखौं युवाहरुले समाजिक विभेदको वास्तविक कारण कहिल्यै थाहान पाउन् । सामाजिक असमानता प्रति कहिल्यै सजक नहोउन् । उनिहरु सँधै पुर्व जन्मको भाग्यलाई दोष दिएर बसिरहुन् । अनि विदेशिएर यो सताब्दीको बिक्रीका वस्तु बनि रहुन् । आजको युगका दास मालिकहरुको अन्तर्यको सत्य कुरा यही हो । लाखौं युवाहरुलाई आफ्नो बर्गिय स्वार्थ सिद्धीका लागि चुनाव, आन्दोलन र युद्धमा ढाल बनाउन खोल्छन् रंगिन राजनैतिक चटपटे भट्टीहरु अनियो वात्यो बहाना बाजी गरेर युवा शक्तिलाई भुल भुलैयामा राख्छन् । जवयुवाहरु भुल भुलैयाबाट मुक्त हुन्छन् तवकी त उनिहरुले विदेश पलायन रोज्छन् कि समाजमा गुण्डा गर्दी रोज्छन् । आज समाजमा दिन प्रतिदिन बढेको गुण्डा गर्दी यसैको परिणामको रुपमा लिदाँ अतिसयोक्ति हुदैन ।
आज बिश्व नै एउटा गाउँमा परिणत भएको छ । यस्तो अवस्थामा बिदेश जानु आफैमा नराम्रो होइन । तर नेपालमा युवाहरु घरबारी बन्दकी राखेर बिदेशी माटोमा कौडीको भाउमा आफ्नो अमूल्य जीवन बिक्री गरिरहेका छन् । समाजमा हिजोका तिनै सामान्तहरु घरबारी बन्दकी राखेर ऋण दिने ऋण दाता भएका छन् । हिजोका मालिक बर्गका चम्चे भरौटेहरु नै बैदेशिक दलाल भएका छन् । भ्रमको खेति गरेर दलालहरुले सोझा नेपाली युवाहरुलाई बिदेश पठाउँछन् । खुल्लम खुल्ला कार्यालय खोलेर मानव बेचबिखन गरि रहेका छन् । इमान्दार नेपाली युवाहरुलाई जालझेल षडयन्त्रमा फँसाएर दलाल चिल्लो कारमा हुईकीन्छन् अनि प्रत्येक दिन जसो त्रिभुवन बिमान स्थलबाट एउटा गरिव नेपालीको लास बाकसमा बन्दभएर नेपाल फर्कन्छ । घरबारी बन्दकी राखेर बिदेश गएको युवा दलालले फँसाए पछि रुदै गल्ली गल्ली हिडिरहेका भेटिन्छन् । सरकार फरमान जारी गर्छ “यो वर्षमा यति रेमिट्यान्स भित्रियो ।”समाजमा रहेका अरु युवाको कुरा छाडौं, जनयुद्धमा सुन्दर सपनाको परिकल्पना गरेर जीवनको प्रर्वाह नगरि युद्धमा होमिएका युवाहरु, घाइते छापामारहरु समेत बिदेश पलायन भईसकेका छन् । यो देशको मालिक बर्गलाई कुनै मतलब छैन । यस बाट के देखिन्छ भने यो सताब्दीमा पनि श्रमजिवी गरिव किसान बर्ग दासताको जंजिरबाट मुक्तभई सकेको छैन ।
राजनैतिक पार्टीमा सम्लग्न युवाहरु पार्टीको दस्तावेज पढ्छन् अनि बैठकमा टाउको हल्लाउँ छन् । जुनसुकै पार्टी भनिए पनि पार्टीहरुबाट भोलीका नेताहरु जन्मिरहेका छैनन् फगत राजनैतिक दासहरुको जन्म भइरहेको छ । मालिकहरु आफ्नो छोराछोरी उच्च शिक्षाका लागि बिदेशी बिश्व बिद्यायलमा पढ्न पठाउछन् र गरिवका छोरा छोरीलाई बुर्जवा शिक्षा भन्दै सडकमा टायर बाल्न लगाउँछन् । आर्थिक सम्बन्धले मानिसको चेतनाको निर्धारण गर्दछ । बिहान बेलुकी रोजी रोटीको लागि संघर्ष गर्ने एउटा गरिवको छोराको मस्तिष्कमा नयाँ परिवर्तन मुखी चेतना आउन मुस्किल पर्नसक्छ । माथी चर्चा गरिएका विषयहरुबाट प्रष्ट बुझिन्छ नेपालमा नयाँ परिमार्जित दास युगको अन्त्य भइसकेको छैन । स्पाटकस्ले तोडेको दास युग आजपनि समाजमा अवषेशको रुपमा अस्तित्वमा छ । दासयुगको अन्त्य गर्न युवाहरु सचेत भएर जुट्न आवश्यक छ । विश्वमा युवाहरुले रचेका विजयका महागाथाहरु प्रसस्तै छन् । भगत सिंह पनि युवा नै थिए । चे ग्वेभारा पनि युवा नै थिए । नयाँ मालिक वर्गले थोपरि दिएको दाषताको नयाँ जंजिरलाई तोड्न युवाहरु जाग्न आवश्यक छ । युवाहरु अन्धकारबाट उज्यालो भविष्य तर्फ लम्कन आवश्यक छ । यदि अहिलेको अवस्थाबाट नै युवाहरु आ(आफ्नो ठाउबाट जुर्मुराउन छाडे भने नेपालमा केही दशक पछि नै नेतृत्वको ठुलो संकट पर्ने खतरा देखिन्छ । नव सामन्तका छोराछोरीहरु महंगा बिदेशी बिश्व बिद्यालयमा पढेर कितावी विद्धान हुुन सक्छ भने,श्रम जिवी युवाहरु अन्याय अत्याचार, बिभेद र असमनताको कालो प्रचलनले दमित बनाएको जीवन पढेर वास्तविक बिद्धान बन्न किन नसक्ने ? जनमुक्तिमार्गमा ०७० माघ २० गते प्रकाशित

0 comments:
Post a Comment