Monday, February 3, 2014

गंगालाल गुरुङ
लोककगीत र लोक साहित्यको दायरा फराकिलो रहेको छ । मनको पीर, दुःख, वह अनि बेदनालाई लोकगीत अनि साहित्य मार्फत प्रस्तुत गर्दा मन नै हलुका भएको महशुस हुने गर्दछ । प्रत्येक नेपालीको नशा नशामा बग्ने रगतमा लोकगीतको कर्ण बगेको हुन्छ । किनकी चाहे जो सुकै होस् सानो बालक देखि लिएर वृद्ध सम्मको मानिसमा लोकगीत र लोकसाहित्यको मोह हुने गर्दछ । लोकगीत चाहे सुखमा रमाई रहेको बेलामा किन नहोस चाहे दुःखको सागरमा रुमलिरहेको बेलामा किन नहोस् हामी लोकगीत गुनगुनाई रहेका हुन्छौं ।
लोकगीतको वास्तविक परिभाषा यो नै हो, भनेर परिभाषित गर्न नसके पनि यसलाई आलोचना गर्ने तरिका भने फरक–फरक किसिमको रहेको छ । लोकगीत मानिसको अभिन्न पाटो हो । नेपाल संस्कृतिमा धनि देश हो । यहाँ बसोबास गर्ने हरेक जातजातीको आ– आफ्नै किसिमको रहन सहन, भाषा, धर्म, भेषभूषा, चालचलन रहेको छ । लोकगीतको पनि धेरै विधाहरु रहेको छ । सालैजो, रोईला, यानीमाँया, सुनीमाँया, वालन, भजन, चुड्का, ख्याली, पुर्वैली भाका, असारे भाका, पश्चिमेली भाका, घाँसे गीत, काठे भाका, ठाडो भाका, अनि आ–आफ्नै भाषामा रहेको भाषा भाषीको गीतहरु पनि लोकगीत भित्रको पाटा हुन् । पहिलेको लोक गीत र अहिलेको लोकगीतमा समयको परिवर्तन संगै परिस्कृत हँुदै आएको छ । वन पाखामा गएर वल्लो पाखा र पल्लो पाखामा बसेर गीत गाईने अनि जितेमा बिहे गरेर ल्याउनी प्रचलन रहेको थियो । जस्तो ‘घर मेरो भोलर्,े स्वास्नी लग्यो चोरले, तीन दिन देखि एक्लै छ’ु यस्ता गीतहरु गाई गोठाला र घाँस दाउरा गर्दा गाउने गीतहरु हुन, समयले कोल्टे फेरीसकेको छ ।
लोकगीतको सिर्जना अहिले एउटा बन्द कोठामा सिमीत भएको छ । ठेट नेपाली पन र नेपाली धर्म संस्कृतिको गीत संङगीत हराई सकेको छ । हाल आएर लोकगीतमा पनि विकृति र छाडापनको गीतसङगीको बजार बन्दै गएको छ । जस्तो ‘आउँदो सालमा, चुप्पा चुप्पा मोई खान मन लाछ, तिम्रो गालामा’  यो गीतलाई र सर्जकलाई अपमान गर्न खोजेको होईन तर यस्ता गीतले नेपाली समाजमा संस्कृति संरक्षण भन्दा सामाजिक विकृतिको संकेत गर्छ । बिशेष गरि पुरानो गीत सङगीतमा प्रायः सारङगीको ¥याई–¥याई अनि बाँसुरीको धुनसँगै गाईएको गीतहरु नेपाली मन मस्तिष्कमा बसेको हुन्छ ।
‘आमा रुदै गाउबेशी मेलैमा, छोरो रुदै गोरखपुर रेलैमा’ यो सायद नेपाली मनको गीत हा,े अनि झलकमान गर्धवको ‘आमाले सोध्लिन् खोई छोरा भन्लीन्, स्वर्गै गयो भनि दिए’ जस्ता गीतहरु नेपाली मनमा अमिट छाप लागेका लोकगीतहरु हुन् । गाँउले परिवेश रहन–सहन चाल–चलन सामाजिक विकृति र विसङगीतका गीतहरुले नेपालीको मन जितेको हुन्छ । जस्तो सामाजमा सकारात्मक परिवर्तनको लागी गाईएको गीतहरु जस्ले समाजमा परिवर्तनको लहर ल्याउन समेत सहयोग गरिरहेको हुन्छ । जस्तो राजु परियारको सुनपानी एल्वममा रहेको गीत ‘जति सक्छौ तर्क मायालु, मैले छुदा छोईन्छ भने त सुनपानीले छर्क माँयालु,’ यो गीतले समाजमा व्याप्त छुवाछुतलाई हटाई चेतनाको दियो फैल्याउने काम गरेको छ । नेपालमा ठूला– ठूला राजनैतिक परिवर्तन र उथल पुथललाई समेत आधार मानी गीत सङगीत तयार पार्ने गरिन्छ । यसका साथै गरिवी निमुखा र दबिएका आवाजहरुलाई पनि लोकगीत सङगीतले समेटेको हुन्छ । धनि र गरिव बिचको अन्तर साहुको घरमा बसेर गर्नु परेको दुःख कष्टलाई पनि समेटेर गीत सङगीत बजारमा आईरहेको हुन्छ । जस्तो बिष्णु खत्रिको  ’हिले पनि आएन पालो जुनिभरी साहुकै गोठालो’  यो गीतले पनि यथार्थलाई बोल्छ की साहुको घरमा बसेर गर्नु परेको दुःख कष्टको कुरालाई गीत सङगीतले समेटेको हुन्छ । सुदुर पश्चिमाञ्चल बाजुरा, अछाम ,बझाङ जिल्लामा पुर्वेली भाकाहरु अत्यन्त चर्चामा रहेको छ । ‘लायो लायो मोहनी लायो है सानु जिम्वाल बाको छोरीले ज्यान खायो’ यो काठमाण्डौ उपत्यका लगायत आसपास क्षेत्रमा गाईने काठेभाकाहरु पनि अझै पनि व्यापक मात्रामा प्रचलनमा रहेको छ । बिभिन्न भगवानको महिमा गाईएको गीत सङगीतहरु भगवान प्रति आस्था र पुकार गरिएको गीतहरु जस्लाई भजन भनिन्छ ।
पाका पुस्ताले भगवानको आर्शिवाद प्राप्त गर्नको लागी नाम जप्ने र उनको महिमा गाउने गरेमा भगवान खुशि भई आर्शिवाद र वर प्राप्त गर्न सकिने हुनाले धार्मिक आस्थाको आधारमा भजन गाउने गरिन्छ । जस्तै ‘कोहिलाई भने सम्पति र मोटर कारमा चैन, कोहिलाई बिहान खायो बेलुका खानु छैन के हो नी प्रभु यो चाला गोबिन्द गोपाल के हो नी प्रभु यो चाला हरि हरि’ यी यस्ता भजनहरुले धार्मिक आस्था र विस्वास बढाईरहेको हुन्छ ।
धादिङ साहित्य र संस्कृतिको खानी भएको जिल्ला हो । नेपाली साहित्यको आख्यानमा धादिङको माटोमा जन्मनु भएका, सबैले चिन्दै र नाम सुन्दै आउनु भएको नवराज लम्साल नेपाली साहित्यको पाटोमा सबैले जप्ने नाम हो ।  लोकगीतको पाटोका धेरै कलाकारहरु जन्माएको छ  धादिङले । तर सबै एकै नासले चम्कन सकेनन् ती ताराहरु कुनै उदाईरहे त कुनै अस्थाए पनि ‘आखु तर्दै धादिङ सल्यानटार, भेटै हुन छाडयो नी निरमाया दिउसै अन्धाकार’  यो गीतको गायक हिमाल घले आज भोलि नेपाली सङगीतबाट हराएको गायक हुन । आज भोली कुन क्षेत्रमा लाग्नु भएको छ थाहा नै छैन । सायद लोकगीतको क्षेत्रमा नहुने देखिए पछि अर्कै पाटोमा हात हाल्नुभएको होला । ‘धादिङ झरेसि मै काटछु मलेखु, सानु बसमा चढेसी’ यो गीतको गायक सीताराम सुनार पनि चम्कन सक्नु भएन । ‘पहिला पहिला भन्थे, मैले यै मगरर्नी सहि छ त्यति राम्रा राता गाला, अहिले बुढि भईछ..र..अझै त गा छैन जवानीको रस बुढि कन्य लैजाने कोहि भए फोन गर फोन नम्बर ९८४१२५०१०....’ यो गीतको गायिका धादिङ साखु सोर घरमा जन्मनु भएकी रीता थापा मगर पनि त्यति राम्रोसँग टिक्न सक्नु भएन । हाल आए उहाँ पोखरामा होटल व्यावसायमा व्यस्त हुनुहुन्छ ।
यसरी २÷४ वटा गीत निकाल्दै पलायन हुने क्रम जारी रहेको छ । यसको प्रमुख कारण भनेको गीत सङगीतको बजारमा पैठाजोरी गर्न नसक्नु हो । एउटा गीत निकाल्यो अनि त्यो गीत बजारमा नचले पछि गीत नचल्दो रहेछ भनि पछाडी पर्नु नै अहिले कलाकारहरुको ठूलो कमजोरी हो । आफूले गरेको लगानी पनि नउठे पछि यो क्षेत्रमा लाग्नेहरु आकर्षण भन्दा विकर्षण तर्फ मन गईरहेको छ । सुरुमा के–के न होला र यो क्षेत्रमा केहि गर्छु भनेर लागे पनि पहिलो गीत नै नचले पछि निराश भई लोकगीतको क्षेत्रबाट हात झिक्नेको पनि संख्या धेरै नै रहेको छ । धादिङमा जसो तसो टिकिरहेको कलाकार भनेको श्याम सितल र प्रदिप अधिकारी बाहेक अरु सायद यो क्षेत्रबाट अर्को क्षेत्रमा नै लागीसकेको छ ।
मैले रेडियो बिहानीबाट लोकगीतको साङगितिक कार्यक्रम शुरु गर्दा जति कलाकार सँग चिनजान थिए ती कलाकारहरु हाल आएर कुनै गीत सङगीतमा अटाउन सकिरहेको छैन जस्तै ‘निष्टुरीलाई भन्छु , भनेर भेटेर’ मुना बानियाँ आज भोली काठमाण्डौमा पढदै हुनुहुन्छ । धादिङ बेनीघाटको अबिरल थापा मगर पनि काठमाण्डौको आफ्नै काममा व्यस्त हुनुहुन्छ । धादिङ सल्यानकोटको सानु वि. क. पनि यो क्षेत्रमा टिक्न सक्नु भएन, धादिङ नीलकण्ठ ८ चिसापानीका शुसिल गुरुङ पनि यो क्षेत्रमा स्थापित हुन सकि रहेका छैनन् । रमा राना मगर, राकेश गुरुङ जस्ता पनि लोकगीत सङगीतमा टिकिरहन सक्नुभएन । धादिङ जिल्ला नेपाली लोकसात्यिको थलो भए पनि यहि थलोमा ती सर्जक र स्रष्टालाई संरक्षण गर्न नसक्नु ठूलो समस्या रहेको छ । जन्माएर पनि यहि थलोमा रहन नसक्नु विकराल समस्याको रुपमा सिर्जित भएको छ ।
धादिङको साहित्यिक फाँटमा फुलेका ती सुन्दर फुलहरुलाई चिन्न नसक्नु धादिङको ठूलो भुल हो । धादिङको पहिचाहन दिलाउने ती राष्टको गहना राज्यले सहि सदुपयोग गर्न नसक्नु र यो क्षेत्रमा लागेर केहि गर्छ भनिए पनि यसबाट नहुने देखिए पनि धादिङको माटोमा फुलेका ती सुन्दर फुल अहिले ओईलाएर झर्ने क्रममा रहेको छ । त्यसैले धादिङको माटोमा फुलेका र फल लाग्ने क्रममा रहेको धादिङको कलाकारहरुलाई संरक्षण गर्न सकेमा मात्र धादिङको आफ्नै पहिचाहन हुनेछ । जनमुक्तिमार्ग साप्ताहिकमा माघ २० गते प्रकाशित

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts