गोरखा, श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या १५ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप ६ जनाको शव भेटिएको हो ।
उदयपुरको कटारीबाट काठमाण्डौं हिडेको ना २ ख ४९५१ नम्बरको बस नदीमा खसेको थियो । यसअघि ६ जनाको घट्नास्थलमै तथा ३ जनाको काठमाडौंस्थित स्टार अस्पतालमा उपचार सुरु गर्दा गर्दै निधन भएको प्रहरीले जनकारी दिएको थियो ।
१८ जनाको उद्धार गरी अस्पताल पठाईएसकिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बिनोद घिमिरेले बताए । घिमिरेका अनुसार दुर्घट्नामा थप केही हताहत भएको हुनसक्छ । मृत्यू भएका मध्ये थप तीन जनाको सनाखत भएको छ । गजुरीका दिपक प्रसाद खनाल, आर्डिलरी तालिम केन्द्रका सैनिक सुव बहादुर कार्की र कटारी ३ उदयपुर खोग बहादुर धमाल मृत्यू भएको हो । त्यस्तै, अस्पतालमा सिन्धुलीकका कोसिश घिमिरे, उदयपुरका रुकु मगर र नाम नखलुेको करिब तीन वर्षको एक बालिकाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
'अन्यको नाम खुल्न बाँकी छ' प्रहरी निरीक्षक घिमिरेले टेलिफोनमा भने, 'घट्ना स्थलको प्रकृति र घाइतेको अनुसार दुर्घट्नामा मृत्यू हुनेको संख्या बढ्न सक्छ ।' बसमा ५० भन्दा बढी यात्रु सवार रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । अन्यको उद्धार र खोजी कार्य जारी छ । बस सडकबाट दुईसय मिटर तल झरेको छ । प्रहरीका अनुसार बस खोलामा पूर्ण रुपमा डुबेको छ । घट्ना स्थलमा प्रहरी, गजुरीमा रहेको नेपाली सेनाका सबुज गणका शैनिक र शशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ ।
'खोलामा पानीको मात्र बढी भएकाले उद्धार कार्यमा कठिनाई भईरहेको छ' घट्ना स्थलमा खटिएका निरीक्षक घिमिरेले भने । उद्धार गरिएका घाइतेको गजुरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो । प्रहरीका अनुसार बस बिहान साढे चार बजे राजमार्गबाट खोलामा झरेको हो । धुसा गाविस १ कृष्णभीरबाट चिप्लिएको वा चालक निदाएर बस दुर्घट्नामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
सनाखत भएकाहरुको नामथर:
१ दिपक प्रसाद खनाल– ४० बर्ष नुवाकोट– ग्रामिण बिकास बैंक गजुरीमा कार्यरत
२ सुव बहादुर कार्की– २४ बर्ष– दोलखा
३ खोग बहादुर धमला– ४२ बर्ष– कटारी–३ उदयपुर
४ पृथ्वी माया बिक– ३२ बर्ष– त्रिबेणी ६ कटारी उदयपुर
५ छोरी प्रतिक्षा बिक– ८ बर्ष– त्रिबेणी ६ कटारी उदयपुर
६ छोरी नाम नखुलेको– ३ बर्ष– त्रिवेणी ६ कटारी उदयपुर
७ रुकु मगर– २१ बर्ष– नधावी ५ सिन्धुलि
८ कोशिष घिमिरे– १७ बर्ष– लदावीर १ सिन्धुली
९ मोहमद कला मुदिन शेख– ३५ बर्ष– फुल्वरीया ८ सिराहा
१० नारायण अधिकारी– ४१ बर्ष– नर्जामन्डन २ नुवाकोट
११ सुरेन्द्र शाह– २१ बर्ष– त्रिबेणी ६ उदयपुर
१२ रामलाल मण्डल– पदरमपुर ७ थप सिराहा

0 comments:
Post a Comment