Monday, July 16, 2012

श्रावण १ - पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशुली नदीमा यात्रुबाहक बस खस्दा मर्नेको संख्या ११ पुगेको छ । क्रेन लगाएर नदीबाट बस निकालेपछि त्यहाँ थप दुई जनाको शव भेटिएको हो ।
उदयपुरको कटारीबाट काठमाण्डौं हिडेको ना २ ख ४९५१ नम्बरको बस नदीमा खसेको हो । यसअघि ६ जनाको घट्नास्थलमै तथा ३ जनाको काठमाडौंस्थित स्टार अस्पतालमा उपचार सुरु गर्दा गर्दै निधन भएको प्रहरीले जनकारी दिएको थियो ।
१८ जनाको उद्धार गरी अस्पताल पठाईएसकिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बिनोद घिमिरेले बताए । घिमिरेका अनुसार दुर्घट्नामा थप केही हताहत भएको हुनसक्छ । मृत्यू भएका मध्ये थप तीन जनाको सनाखत भएको छ । गजुरीका दिपक प्रसाद खनाल, आर्डिलरी तालिम केन्द्रका सैनिक सुव बहादुर कार्की र कटारी ३ उदयपुर खोग बहादुर धमाल मृत्यू भएको हो । त्यस्तै, अस्पतालमा सिन्धुलीकका कोसिश घिमिरे, उदयपुरका रुकु मगर र नाम नखलुेको करिब तीन वर्षको एक बालिकाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
'अन्यको नाम खुल्न बाँकी छ' प्रहरी निरीक्षक घिमिरेले टेलिफोनमा भने, 'घट्ना स्थलको प्रकृति र घाइतेको अनुसार दुर्घट्नामा मृत्यू हुनेको संख्या बढ्न सक्छ ।' बसमा ५० भन्दा बढी यात्रु सवार रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । अन्यको उद्धार र खोजी कार्य जारी छ । बस सडकबाट दुईसय मिटर तल झरेको छ । प्रहरीका अनुसार बस खोलामा पूर्ण रुपमा डुबेको छ । घट्ना स्थलमा प्रहरी, गजुरीमा रहेको नेपाली सेनाका सबुज गणका शैनिक र शशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

Related Posts:

  • पत्रकार कुट्ने पर्शुराम बढुवा१३ साउन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । संघले शनिबार क… Read More
  • रोकिएला जिविसको अनियमिता ?धादिङबेसी ,श्रावण १५/ जिल्ला विकास समिति धादिङमा हुने गरेका हरेक अनियमितिाहरुलाई बाहिर ल्याएरै छाड्ने जिल्लामा क्रियाशिल ६ दलका प्रतिनिधिहरुले आइतवार घोषणा गरेको छन् । यसले केहि हदसम्म धादिङका जनतालाई शान्तोना मिलेको छ । करो… Read More
  • दम्पतीमाथि आक्रमण गर्ने चार अभियुक्त सार्वजनिक धादिङ, साउन १६ । उत्तरी धादिङको झार्लाङ गाविसका एक दम्पतीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।  अभियुक्तहरूले गत असार २३ गते राति झार्लाङ गाविस–४ ङम्देन निव… Read More
  • धादिङमा यस वष मकै उत्पादन ५० प्रतिशतले घट्नेधादिङबेसी १२ श्रावण । लामो समयदेखि खडेरी परेको कारण धादिङ जिल्लामा यस वर्ष मकै उत्पादन ५० प्रतिशतले घट्ने भएको छ । मकैको चमरा निस्कने बेलामा एक साता भन्दा लामो खडेरी गएको र रासायनिक मलको अभावको कारण जिल्लामा ५० प्रतिशतले मकै … Read More
  • दार्चुला र बैतडीमा ५ रेक्टर स्केलको भूकम्पबैतडी, श्रावण १३ - दार्चुला, बैतडी र भारतको उत्तराखण्डमा शनिबार दिउँसो ११ बजेर ३३ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।भूकम्पबाट मानविय क्षति नभएपनि बैतडी र दार्चुलाको उत्तरी क्षेत्रका केही घर सामान्य चर्किएको स्थान… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts