Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Friday, July 13, 2012

अनुसन्धानकर्ताहरूले इन्टरनेटको कुलतले इन्टरनेट प्रयोगकर्ताहरूलाई शारीरिकदेखि मानसिकसम्म क्षति पुग्न सक्ने तथ्य पत्ता लगाएका छन्।  चिनियाँ अनुसन्धानकर्ताहरूले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरूको मस्तिष्कको परीक्षण गरी यस्तो तथ्य पत्ता लगाएका  हुन्।

हालैको मेगनेटिक रिजोनेस इमेजिङ नामक संस्थाले १४ देखि २१ वर्ष उमेर समूहका ३५ जना केटाकेटीको मस्तिष्कको स्क्यान गरेर इन्टरने टको लतको असरको अध्ययन गरिएको थियो, जसमा १७ जना इन्टरनेटको लत लागेका र बाँकी लत नलागेका युवाहरूलाई संलग्न गराइएको  थियो। उक्त अनुसन्धान चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता हाओ लेइको नेतृत्वमा रहेको अनुसन्धान टोलीले गरेको थियो।  अनुसन्धानकर्ताहरूले मस्तिष्कको स्क्यान गरेर परीक्षण गर्दा अत्यधिक इन्टरनेट चलाएका युवाहरूको मस्तिष्कमा क्षति पुगेको देखिएको थियो।

उक्त अनुसन्धानअनुसार युवाहरूको मस्तिष्कको 'सेतो भाग' मा असर परेको देखिएको थियो। मस्तिष्कभित्रको सेतो भाग (ह्वाइट म्याटर)  एउटा यस्ता पदार्थ हो जो अत्यन्त मिहिन रेशाको माध्यमबाट मस्तिष्कसंग जोडिएको हुन्छ। यसको बीचको सम्बन्ध टुट्न गएपछि इन्टरनेटको  लत लागेकाले इन्टरनेट प्रयोग गर्न नछोड्ने मात्र होइन, लत लागेकाहरू उत्तेजित हुने, व्यक्तिगत निर्णय लिन अक्षम हुने र आत्मनियन्त्रण  गुमाउने जस्ता समस्याहरू देखिन सक्छन्। यसका अतिरिक्त अस्वस्थता, टाउको तथा शरीर दुःखाइ, एकहोरोपनाजस्ता समस्या इन्टरनेट प्रयो गकर्ताहरूमा देखिन सक्ने वैज्ञानिकहरूको दाबी छ।

अध्ययनबाट मस्तिष्कको बनोटमाथि समेत असर परेको पाइएको थियो। अनुसन्धानमा इन्टरनेट प्रयोगकर्ताको मस्तिष्कमा कोकिन, कानाविस,  मेथामफेटामाइन र केटामिनजस्ता लागूपदार्थ खानेहरूको मस्तिष्कमा जस्तै असर परेको पाइएको थियो। अत्यधिक इन्टरनेटको लत लागेकाको  बानी-व्यवहारमा समेत परिवर्तन देखिएको अनुसन्धानमा उल्लेख गरिएको छ। उक्त अनुसन्धानसम्बन्धी विस्तृत विवरण द जर्नल अफ पब्लिक  लाइब्रेरीमा प्रकाशित गरिएको छ। यसै सम्बन्धमा इम्पेरियल लन्डन कलेजकी डा हेनरिता बोउडेन जोन्सले यो अनुसन्धानले इन्टरनेटको लत र  मस्तिष्कबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने प्रस्ट देखिएको प्रतिक्रिया दिएकी छिन्। चिकित्सा विज्ञानमा 'इन्टरनेट एडिक्सन डिस्अर्डर' हालै मात्र  पहिचान गरिएका समस्या हुन्। यो अनुसन्धानले चिकित्सा विज्ञानमा ठूलो महत्व राख्ने अनुसन्धानकर्ताहरूको दाबी छ। http://www.ekantipur.com/saptahik/article/?id=7814
कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन। गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। यौनसम्पर्कका  बेला पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्।  त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन  (FERTILIZATION) भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE) भनिन्छ र यही नै पछि विकसित भएर शिशु  बन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५.  डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ। शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु जरुरी छ। तपाईंलाई थाहै होला, महिलाको डिम्ब  महिनाको एकपटक मात्र निष्कासन हुन्छ। डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ।

यसै सन्दर्भमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको  महिलाका १४औं दिनतिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ। डिम्ब निस्किएको  यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब  निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ। सामान्यतः महिनावारीको नवौं दिनमा  यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ।

यसमा महिनावारी ठीक २८ दिनमा नभै ढिलो-चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ। सुरक्षित काललाई नै गर्भनिरोधका रूपमा प्रयोग गर्ने हो  भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ। सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुनसक्ने  पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुनसक्ने अन्तिम दिन पत्ता लाग्छ। उदाहरणका लागि यदि कुनै  महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने,

२४-१८.६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ।

३१-११.२० हुन्छ, अर्थात २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ।

माथिको हिसाबबाट तपाइर्ंले पक्कै पनि जवाफ पाइसक्नुभएको छ। अर्को कुरा, सुरक्षितकालबाहेक अरू समयमा यौनसम्पर्क नै नगर्ने वा  कन्डमजस्ता साधन प्रयोग गर्ने। यो विधिले गर्भबाट सुरक्षा प्रदान गर्ने भए पनि यौनरोग र एचआईभीबाट बचाउँदैन। यौनरोग तथा एचआइर् भीको संक्रमणवाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ।

मेरो यौनसाथीसँग लामो यौनसम्पर्क राख्न नसक्ने समस्या छ। यो के कारणले भएको हो ?

८९९३१

तपाईंको छोटो प्रश्नमा लामो समयसम्म यौनसम्पर्क राख्न नसक्ने कुरा त बुझियो, तर यो समस्या कस्तो हो भन्ने कुराचाहिँ बुझ्न सकिएन।  तपाईंको यौनसाथीले सहयोग नगर्नुभएको वा नमान्नुभएको हो भने कुरा अर्कै भयो। तपाईं वा तपाईंको यौनसाथी मानसिक रूपमा तयार  हुनुहुन्न भने समस्या एक किसिमको भयो, जस्तै कि चिन्ता वा तनावका कारणले। त्यसैगरी शारीरिक रूपमा थकान वा कुनै अवस्थताका  कारणले त्यस्तो भएको हो भने कुरा अर्कै भयो। तपाईंको लिङ्ग उत्तेजित नभएका कारणले समस्या परेको हो कि शीघ्र स्खलनका कारण भन्ने  कुरा पनि थाहा भएन। किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको देखिएको  थियो। कम्तीमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनमा स्वस्थ व्यक्तिहरूको सालाखाला यस्तै ३ दशमलव  ०१ मिनेटमा वीर्य स्खलन भएको थियो। कतिपयले यो समय सामान्य नै भए पनि छोटो भएको मान्ने गरेको पाइन्छ।

राम्रोसँग लिङ्ग उत्तेजित नहुँदा पनि यौनसम्पर्क छोटो हुन्छ। तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता,  यौनसम्बन्धी कुरामा नै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनले दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर  चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनुजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुनसक्छ। शरीरमा भएका अन्य रोग,  चोटपटक तथा औषधीको प्रभावले पनि लिङ्गको उत्तेजना नभएको हुनसक्छ। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रू पमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण हुनसक्छ। मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग  वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरेर भएको चोटपटक वा रोग, रक्तनसा वा रक्तप्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने  समस्या गराउन सक्छ। कतिपय औषधी पनि यसको कारण हुन सक्छ। बढ्दो उमेरसँगै पनि यो समस्या देखिन्छ।

त्यसैगरी शीघ्र वीर्य स्खलनका कारण पनि यौनसम्पर्क चाहेअनुसार अवधिको नहुनसक्छ। घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा  छिराउनुअघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो। यसको पक्का कारण  यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौनसम्पर्क वा  क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु पनि गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नो यौनसाथीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ता (performance anxiety) ले समस्या अझ बढ्छ। विरलै भए पनि केही psychotropic drug कतै यस्तो समस्याको कारण त  होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन।

माथि उल्लेख गरिएका कारणहरूमध्ये केसँग तपाईंको समस्या सम्बन्धित छ लेखी पठाउनुभयो भने समाधानका लागि उचित जवाफ दिने  प्रयास गर्नेछु।

Thursday, July 12, 2012

Are you as healthy as you would like to be? Are some people blessed with the perfect health gene or are there other factors in play here?
As a holistic nutritionist, acupuncturist, and natural health expert for  12 years, I have witnessed how thoughts create reality time and time again. I believe that our thoughts, limiting beliefs, and unexpressed feelings can make us sick. As a Lyme survivor, I know my positive words and thoughts, combined with my healthy lifestyle and diet, directly impact my vibrant health.
There are many factors that influence your level of health. How you view health and dis-ease has much to do with what you learned growing up. Every family has their own cultural norms around health. I call these belief systems downloaded “blueprints”. Someone else designed them, perhaps generations ago, and they have been systematically reinforced for years and then become your reality. For instance, some families are very attached to illness and the ritual that goes with caring for the sick. Other families are in total denial about their lack of health and continue unhealthy behaviors. And then there are those families who believe in the power that positive spiritual and emotional well-being can have on physical well-being, and vice versa.
Health Assessment
Are you experiencing a health challenge? Would like to be healthier? Have you tried but failed to create better health? If so, take time to answer the questions below. Your answers will help you understand the effect your downloaded H*E*A*L*T*H blueprint is having on your current state of dis-ease. Once your downloaded blueprint is brought up from the basement of your unconscious into the light of the conscious mind, you will get clarity. Clarity is the beginning of drawing up your very own health blueprint.
  • Growing up were you and/or family members often sick?
  • What were the eating habits in your home? Was fast food a common meal choice?
  • Was physical fitness/activity valued?
  • Did you play outside or spend a lot of time watching television?
  • Did you lose any family members to illness?
  • Was there an emphasis on preventive care?
  • As a child did you think about illness?
  • Was smoking, drinking, or drug use common in your household?
  • What is the average life span of family members?
Allow Yourself the Possibility of a Healthier You
Review your answers and take your time marinating and meditating on the way it was in your childhood home and how it felt. Developing a clear picture of how it was will bring the blueprint you have been rocking into focus. With your limiting beliefs now in the forefront of your mind, you can start to draw the new, improved blueprint and make life-enhancing decisions in line with this blueprint.
I know that you have the power to positively influence your health, if that is your desire. All change requires work. The power of your intention is mind blowing. I hope you are inspired to harness that power to create more vibrant health today.
As always I am here for support and cheer you on!
स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य सुधार्न मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि पुर्ववत अवश्थामा आउँने सम्भावना कमै रहन्छ । यदि दैनिक जीवनमा थोरै मात्र ध्यान दिन सके स्वास्थ्य निकै सबल बन्न सक्छ । यसका लागि त्यती धेरै समय तथा खर्च पनि गरिरहनु पर्दैन । हामै्र भान्सा तथा घरआँगनमा भएका वस्तुहरुको प्रयोगबाट पनि स्वास्थ्य राम्रो बनाउँन सकिन्छ । यही कुरालाई मध्य नजर गर्दै नियमित रुपमा यस्ता वस्तुहरुको बारेमा छलफल गरिनेछ ।
आजको लागि छलफलको बिषय छ, टमाटर

हामीले सबै ताजा फलफुल तथा सागपातलाई पौष्टिक तत्वका रुपमा मात्र बुझ्ने गरियो भने गलत हुन जान्छ । कतिपय फलफुल तथा सागपातहरुले रोग निवारक औषधीका रुपमा पनि काम गर्ने गर्छन् । यस्तै फलफुलको वर्गमा पर्छ, टमाटर । वास्तवमा, पकाएको टमाटर काँचो टमाटर भन्दा बढि फाईदाजनक हुन्छ । तर सम्झनु पर्ने कुरा यो हो कि टमाटरलाई जुनसुकै तरिकाले खाए पनि यसको विशेषता कायमै रहने गर्छ । खाद्य विज्ञानका वैज्ञानिकहरुले टमाटरको नियमित सेवनले सबै किसिमका क्यान्सरहरु तथा मुटुका रोगहरुको सम्भावना घटाउँने तथा कतिपय अवश्थामा निदान गर्ने तथ्य पत्ता लगाएका छन् । यसको नियमित प्रयोगले छालामा चमक ल्याउँनुका साथै प्राकृतिक चमक दिन्छ ।
वैज्ञानिकहरुले पत्ता लगाए अनुसार ताजा राता फलफुलहरु लाइकोपिन ९ थिअयउभलभ ० को मुख्य स्रोतहरु हुन् । लाइकोपिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ । यसको आपुर्ति कार्यमा अरु फलफुलको भन्दा पृथक विशेषता हुन्छ टमाटरमा । अरु राता फलफुलमा जस्तो टमाटर पाके पछि पनि यसमा लाइकोपिनको मात्रामा कमि आउँदैन । वैज्ञानिकहरुले बताए अनुसार लाइकोपिनले मानव शरिरमा संरक्षणात्मक प्रणालीमा काम गर्छ । यसको मुख्य कार्य जलनबाट बचाउँने तथा रगत जम्न नदिने हो । यसको अत्तिरिक्त टमाटरले मानव हड्डिमा पनि बिशेष रेखदेख पुर्याउँछ ।
टमाटर तथा टमाटरजन्य पदार्थहरु मानिसमा फलफुलबाट आपुर्ति हुने पदार्थ प्राप्त गर्न विकल्पका रुपमा काम गर्न सक्छ । जसले मानिसहरुमा सन्तुलित खानाको आपुर्तिमा त सहयोग गर्छ नै यसका कारण मानव स्वास्थ्य पनि राम्रो बन्छ ।
टमाटरको इतिहास
टमाटरहरु मुख्यतया इटालियन खाना र अहिले सबैजसो ठाउँमा प्रयोग हुने भए पनि यसको प्रयोग दक्षिण अमेरिकाको पश्चिमी क्षेत्रको गालापागोस टापुबाट सुरु भएको मानिन्छ । सर्वप्रथम साना आकारका टमाटरहरु प्रयोगमा ल्याईएको थियो । वास्तवमा टमाटर दक्षिण अमेरिकामा भने रोपीएको थिएन । म्याक्सिकोबाट यसलाई त्यहाँ पुर्याइएको थियो । यसलाई मेक्सिकनहरु बोटबाट सिधै खाने गर्दथे । कोलम्बसले अमेरिका पत्ता लगाए पछि मेक्सिको आएका स्पेनिस यात्रीहरुले टमाटरको खानामा प्रयोग पत्ता लगाएका हुन् । त्यस पछि यसको प्रचलन बिस्तारै युरोप भरि नै फैलिदै गयो ।
सुरुमा युरोपमा यसलाई बिषालु बिरुवा मानेर यस्को प्रयोग गरिएन । अहिले पनि कतिपय युरोपेली समुदायमा यसको पातमा अल्कालोइड्स नामक बिषालु हुन्छ भनेर यसलाई घरमा रोप्ने गर्दैनन् । तर पछि बिस्तारै टमाटरले विश्व भरी चर्चा,प्रयोग र व्यापकता पाउँदै गयो । आज संसार भरि नै प्रयोग हुने टमाटरका मुख्य उत्पादक मुलुकहरु अमेरिका, रुस, इटाली, स्पेन, चिन र टर्की हुन् ।
राम्रो टमाटर कसरी छान्ने र संग्रह गर्ने रु
एकदम गाढा रङ भएको टमाटरलाई खानका लागि उत्तम मानिन्छ । खानका लागि स्वादिलो मात्र नभएर गाढा रङका टमाटरहरुमा पौष्टिकता पनि बढि पाईन्छ । टमाटर चिल्लो तथा आकार मिलेको र चिरिएको तथा फुस्रो हुनु हुदैन । सकेसम्म प्रारागांरिक रुपमा उत्पादन भएको टमाटर स्वास्थ्यका लागि फाईदाजनक हुन्छ ।
टमाटरलाई संग्रह गर्दा सामान्य तापक्रममा सुर्यको प्रत्यक्ष किरण नपुग्ने ठाउँमा राख्नु पर्छ । यसो गर्न सके यसलाई लामो समय सुरक्षित राख्न सकिन्छ ।
यदि तपाई टमाटरलाई फ्रिजमा राख्ने गर्नु हुन्छ भने यसको प्रयोग गर्नु भन्दा आधा घण्टा पहिले बाहिर निकाल्नुहोस् । यसले टमाटरको प्राकृतिक अवश्था फर्किन मद्दत गर्छ ।
टमाटर सजिलै उपलब्ध हुने गर्छ । यसैले टमाटरको प्रयोग बढाएर मानव स्वास्थ्यमा सकारात्मक असर पुर्याउँन सकिन्छ भने किन यसको नियमित प्रयोग नगर्ने रु

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts