काठमाडौ, श्रावण १ -
एकीकृत माओवादीको सोमबारदेखि सुरु हुने भनिएको सातौं विस्तारित बैठक मंगलबारसम्मका लागि स्थागित भएको छ । सम्पूर्ण तयारी भइसकेपछि पनि सोमबार नै मुलुकका फरक फरक दुई ठाउँमा गाडी दुर्घट्ना भएकोले स्थागित गरिएको हो ।
कार्यालय सचिव विके श्रेष्ठका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सुनवल र पृथ्वी राजमार्गको कृष्ण भीरमा भएको दुर्घट्नामा बैठकमा भाग लिन आएका कार्यकर्ता परेकोले बैठक स्थगित गरिएको हो ।
सुनवलमा ३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । त्यसैगरी उदयपुरको कटारीबाट काठमाडौं हिडेको ना २ ख ४९५१ नम्बरको बस कृष्णभीमार त्रिसुलीमा नदीमा खस्दा ६ जनाको घट्नास्थलमै तथा ३ जनाको काठमाडौंस्थित स्टार अस्पतालमा उपचार सुरु गर्दा गर्दै निधन भएको छ ।
0 comments:
Post a Comment