बैतडी, श्रावण १३ - दार्चुला, बैतडी र भारतको उत्तराखण्डमा शनिबार दिउँसो ११ बजेर ३३ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्पबाट मानविय क्षति नभएपनि बैतडी र दार्चुलाको उत्तरी क्षेत्रका केही घर सामान्य चर्किएको स्थानीयले बताएका छन् । अन्य क्षतिको जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ ।
0 comments:
Post a Comment