१३ साउन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ ।
संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि बस्नेत सहित १९ जनालाई केन्द्रीय समितिमा बढुवा गरिएको जनाएको छ । २०६८ साल जेठ २२ गते बस्नेतको योजनामा पत्रकार ढकालमाथि आक्रमण भएको थियो ।
ढकालमाथि भएको आक्रमणको छानबिनका लागि नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माको संयोजकत्वमा गठित मिडिया मिशनले युवा संघ मोरङका उपाध्यक्ष समेत रहेका बस्नेतको प्रत्यक्ष निर्देशनमा आक्रमण भएको निष्कर्ष निकालेको थियो । घटना भएको लामो समयसम्म फरार रहेका बस्नेत अहिले साधारण तारेखमा छुटेका छन् ।
0 comments:
Post a Comment