Friday, July 27, 2012


बेलायत, साउन १२ । बिग बेन शुक्रबार ओलम्पिक खेलको आरम्भका लागि तीन निमेटसम्म बज्यो । यसले बेलायतको राजधानीमा ओलम्पिक खेलको उद्घाटन समारोहको सङ्केत दिन्थ्यो ।


लन्डनका लागि सबैभन्दा मनपराइएको चिन्हको रूपमा रहेको अग्लो भवनको माथिल्लो भागमा रहेको ठूलो घडीको आवाजलाई बेलायतभरका सयौँ चर्चमा रहेका घण्टीले पछ्याए । यसपछि मुलुकभर रहेको घण्टीहरू ओलम्पिक खेलको आरम्भको सङ्केतमा बजे । थेम्स नदीमा महारानी एलिजावेथ द्वितीयाको जहाजमा रहेको घण्टी पनि बज्यो जहाँ ओलम्पिक मसाल ओलम्पिक रङ्गशालातर्फको अन्तिम मार्गमा रहेको थियो । यसो हुँदा स्थानीय समयअनुसार बिहानको ८:१२ भएको थियो ।
यी घण्टी रङ्गशालामा उद्घाटन समारोहको आरम्भ भन्दा ठीक १२ घण्टा अगाडि बजेका थिए । उद्घाटन समारोह स्थानीय समय अनुसार साँझ ८:१२ आरम्भ हुने कार्यक्रम तय भएको थियो । यस घण्टी बजाउने समारोहका आयोजक बेलायती सम्मानित पुरस्कार टर्नर विजेता मार्टिन क्रिडले प्रत्येक बेलायतीलाई यसमा भाग लिन आग्रह गरेका थिए । उनी विश्वमा एकै पटक बजाइएका सबैभन्दा धेरै घण्टीको कीर्तिमान कायम गर्न चाहन्थे र उनले बेलायती जनतालाई आफ्नो घरको घण्टी तथा साइकलको घण्टी समेत बजाउन आग्रह गरेका थिए ।
राजकीय नौसैनिक जहाजहरूमा पनि घण्टी बजे । यसका साथमा स्कटल्यान्ड, वेल्स, उत्तरी आयरल्यान्डका संसदीय भवनहरूमा रहेका घण्टी पनि बिग बेनसँगै बजे । बेलायतमा सन् १९५२ पछि यसरी अन्य समयमा बिग बेन बजेको यो पहिलो पटक हो । सन् १९५२ मा बिग बेन नरेश जर्ज छैठौँको देहावसानमा ५६ पटक बजेको थियो । सामान्य समयभन्दा अन्य समयमा वेस्टमिनिस्टरमा रहेको घण्टी बजाउन अधिकारीहरूले विशेष अनुमति दिएका थिए ।

Related Posts:

  • कार्यालयबाटै राहदानी गायव धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरे… Read More
  • लण्डन १ घण्टामा पुग्ने बिमान परिक्षण असफल  ३२ साउन, एजेन्सी । नेपालबाट झण्डै एक घण्टामा लण्डन पुग्न सक्ने गरी निर्माण गरिएको अमेरिकि द्रुत गतिको हाइपरसोनिक जेट वेबराइडर विमान परीक्षण असफल भएको छ । अमेरिकाको यो महत्वाकांक्षी बिपान पाँच हजार सात सय ९५ किलोमिटर प… Read More
  • ढोला स्वास्थ्य चौकिमा सार्वजनिक सुनुवाई शालिकराम दुवाडीधादिङ २६ श्रावण, ढोला/ जिल्लाको ढोला गाउँ विकास समिति स्थित स्वास्थ्य चौकीको आयोजनामा विहिवार ढोला–६, राना चौतारामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा गत आर्थिक बर्ष २०६७/६८ साल… Read More
  • २४ दिनमा १४ दुर्घटना, ३० को मृत्यु धादिङ, साउन २८ । वर्षायामको सुरुवातसँगै पृथ्वी राजमार्गका दुर्घटना बढेका कारण साउन महिनामा मात्रै ३० ले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । चालकको लापरबाही र लामो दूरीमा एकमात्र चालकको व्यवस्था गर्ने गर्दा र… Read More
  • किराञ्चोकमा आज एक दर्जन भत्कियो किशोर अधिकारीधादिङ २६ श्रावण किराञ्चोक । अबिरल बर्षाको कारण किराञ्चोक–१ प्रवाङमा विहिवार स्थानीय सरोज अधिकारीको २ तले कच्चि घर भत्किएको छ । घर भत्किँदा घरमा रहेको अन्नपात, लत्ताकपडा र जिन्सी सामानहरु पुरीदा २ लाख बराबरको … Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts