काठमाडौं, असार ३१ । एकीकृत नेकपा (माओवादी)ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भोलि साउन १ देखि सुरु हुने सातौं विस्तारित बैठकको एजेण्डा तय गर्न बसेको केन्द्रीय समितिको बैठकले सो प्रतिवेदन पारित गरेको हो ।
पारित प्रतिवेदनमा केही नेताहरुले राखेको फरक मतलाई पनि समेटेको जनाइएको छ । केन्द्रीय सदस्यहरु स्वनाम साथी, ईश्वरी भट्टराई, राम कार्की लगायतले राखेको फरक मतलाई समेटि अध्यक्ष प्चण्डको प्रतिवेदन पारित भएको हो । प्रचण्डको प्रतिवेदनमा राष्ट्रियता, पार्टि एकता, अन्तर पार्टी सम्बन्ध, क्रान्तिको मोडेल, नेताहरुको जीवनशैली, क्रान्तिको कार्यदिशा लगायतका विषयमा फरक मत परेको जनाइएको छ ।
त्इस्तै सोमबारबाट सुरु हुने विस्तारित बैठकले पार्टीको आगामी कार्यदिशा निर्माण गर्न व्यापक छलफल कुने बतायएको छ । सोमबार दिउँसो १ बजे काठमाडौंको भृकुटमिण्डपमा उदघाटन हुने बैठक पाँचदिन सम्म चल्नेछ । बैठकमा देशभरका पाँच हजार कार्यकर्ता सहभागी हुने जनाइएको छ ।
0 comments:
Post a Comment