Sunday, July 15, 2012

१ साउन, । नेपाल टेलिकमले आज देखि लागु हुने गरी ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा लोकल कल सुरु भएको छ। यसअघि अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा भएको ल्यान्डलाइन फोन हुनैपर्ने बाध्यता थियो।
९२ प्रतिशत सरकारी सेयर रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले एसटिडी नभएको ल्यान्डलाइनबाट पनि अर्को अञ्चलको मोबाइलमा कल गर्न सक्ने व्यवस्था गरेको हो।अब ल्यान्डलाइनबाट देशभरि जहाँसुकैको मोबाइलमा कल गर्दा पनि मिनेटको एक रुपैयाँमात्र महसुल लाग्ने टेलिकमले जनाएको छ ।
एसटिडी नभएको फोनबाट अर्को अञ्चलमा फोन गर्न मिल्ने हो भने कल संख्या र समयसमेत बढ्ने अपेक्षा टेलिकमको छ। विराटनगर वा नेपालगन्जमा रहेका टेलिकमका मोबाइल ग्राहक काठमाडौं आउँदा यहाँ स्थानीय कलमात्र भएको ल्यान्डलाइनबाट कल हुन सक्दैनथ्यो। आजदेखि यो व्यवस्था हटाएर स्थानीय कलको सुविधामात्र भएको ल्यान्डलाइनबाट पनि देशभरि जहाँसुकैका मोबाइलमा सिधै कल गर्न मिल्ने प्रावधान थपिएको हो।

Related Posts:

  • कार्यालयबाटै राहदानी गायव धादिङ, साउन ३२–जिल्ला प्रशासन कार्यालय धादिङबाट  राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय १ थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरे… Read More
  • लण्डन १ घण्टामा पुग्ने बिमान परिक्षण असफल  ३२ साउन, एजेन्सी । नेपालबाट झण्डै एक घण्टामा लण्डन पुग्न सक्ने गरी निर्माण गरिएको अमेरिकि द्रुत गतिको हाइपरसोनिक जेट वेबराइडर विमान परीक्षण असफल भएको छ । अमेरिकाको यो महत्वाकांक्षी बिपान पाँच हजार सात सय ९५ किलोमिटर प… Read More
  • २४ दिनमा १४ दुर्घटना, ३० को मृत्यु धादिङ, साउन २८ । वर्षायामको सुरुवातसँगै पृथ्वी राजमार्गका दुर्घटना बढेका कारण साउन महिनामा मात्रै ३० ले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । चालकको लापरबाही र लामो दूरीमा एकमात्र चालकको व्यवस्था गर्ने गर्दा र… Read More
  • सक्दो सेवाप्रवाह गर्ने कर्मचारीहरुको प्रतिवद्धता धादिङबेसी ३२ श्रावण ।  धादिङका सरकारी कार्यलयका कर्मचारीहरुले आफ्नो तर्फबाट सेवाग्राहिलार्ई सक्दो सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारी कार्यलयका कर्मचारीहरुले सर्वसाधारणलाई उचित ढंगबाट सेवा प्रवाह गराउन नसक… Read More
  • चट्याङ् लागेर धादिङमा २ को मृत्यू धादिङ,१ भाद्र । धादिङ बुढाथुम–३ आल्थोकमा विहिवार साँझ परेको चट्याङको कारण एक महिलाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाईते भएका छन् । करी साँडे ५ वजेतिर घरिभत्रको काम गरिरहेको बेला एक्कासी चट्याङ पर्दा स्थानीय ३३ वर्… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts