१ साउन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको आजदेखि सुरु हुने भनिएको विस्तारित वैठक भोलीसम्मका लागि स्थगित भएको छ ।
आज बिहान नवलपरासी र धादिङमा भएका दुईवटा सडक दुर्घटनामा वैठकमा भाग लिन आइरहेका तीन जना राज्यसमिति सदस्यको ज्यान गएपछि माओवादीले वैठक स्थगित गरेको हो । नवलपरासीको दुर्घटनामा एक जना र धादिङको दुर्घटनामा दुई जना कार्यकर्ताको ज्यान गएको बताइएको छ ।
माओवादी प्रवक्ता दीनानाथ शर्माले भोली बिहान ८ बजे सोही स्थानमा विस्तारित वैठक सुरु हुने जानकारी दिनुभयो । विस्तारित वैठकमा भाग लिन देशभरबाट करिव ५ हजार कार्यकर्ता राजधानी आइसकेका छन् ।

0 comments:
Post a Comment