Wednesday, July 25, 2012

काठमाडौ, श्रावण १० - माओवादी, कांग्रेस र एमालेका नेताहरुले दलहरुबीच नयाँ शीराबाट सहमति खोज्ने कार्यको थालनी भएको बताएका छन् । उनीहरुले थप छलफल गरेर सहमतिमा पुग्ने सहमति बनेकोसमेत उल्लेख गरे । 
बुधबार एमाले कन्द्रीय कार्यालय बल्खुमा माओवादी, कांग्रेस र एमालेबीच भएको बैठक पछि बोल्दै माओवादीका नारायणकाजी श्रेष्ठ, कांग्रेसमा कृष्ण सिटौला तथा एमालेका ईश्वर पोखरेललगायतका नेताहरुले सहमतिका लागि छलफलको थालनी भएको बताएका हुन् । 
बैठकमा संविधानका विवादित अन्तरबस्तु, राष्ट्रिय सहमतिको सरकार र संविधान जारी गर्ने प्रकृयाका बारेमा छलफल सुरु भएको बताइएको छ । संविधान जारी गर्ने प्रकृयाका सम्बन्धमा नयाँ निर्वाचनमा जाने भए त्यसमा संसद वा संविधानसभाको निर्वाचन के को गर्ने वा सबै विवादित विषयहरुमा सहमति खोजेर केही समयका लागि संविधानसभाको पुनस्थापना गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts