Thursday, August 2, 2012

धादिङबेसी श्रावण १९ / आफ्नो व्याबसाय शुरु तथा सुधार गरौँ भन्ने उदेश्यको साथसुरु भएको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम विहिवार धादिङवेशीमा सम्पन्न भएको छ । गरिबि निवाण कार्यक्रम संचालन भएको  गाउँ विकास समितिका सामुदायीक संस्थाका सदस्यहरुलाई लघु उद्योग विकास गरि गरिबि निवारणमा न्युनिकरण गर्ने उद्धेश्यको साथ सञ्चालन भएको तालिममा गरिबि न्युनिकरण कसरी  गर्ने भन्ने  विषयमा जानकारी गराइृउको थियो ।
गरिबि निवारणकोष लाजिम्पाट काठमाण्डांैको आयोजनामा सम्पन्न भएको तालिममा धादिङ जिल्ला भित्र सक्रिय  रहेका ८ वटा साझेदार संस्थाहरुका २० जना सामाजिक परिचालकहरुको सहभागिता रहेको थियो । ७ दिन सम्म सञ्चालन भएको तालिममा क्क्ष्द्य तालिम सेन्टर फर बिजनेश डेभलपमेन्ट कुपन्डोल ललितपुरका प्रशिक्षक द्वय ईश्वरी प्रसाद शर्मा ज्ञवाली र दिलिप थापाले सहजिकरण गर्नुभएको थियो  । तालिम पश्चात  सहभागिहरुले तालिममा सिकेका कुरा समुदायमा गएर  व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका थिए ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts