Thursday, August 2, 2012

धादिङबेसी श्रावण १९/ जिल्लाको २० वटा गाउँ विकास समितिमा कार्यरत सामाजिक परिचालकहरुको प्रथम जिल्ला भेला विहिवार धादिङबेशीमा सम्पन्न भएको छ । सामाजिक परिचालकहरुको हकहित, सेवासुविधा र अधिकार सुनिश्चितता गर्ने उदेश्यको साथ भेलाको आयोजना गरिएको कोसोक नेपाल धादिङका नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक परिचालक चन्द्रबहादुर लामाको संयोजकत्वमा सम्पन्न भएको भेलामा जिल्लाको २० वटा गाविसमा ८ वटा साझेदार संस्थाहरुद्धारा गरिबि निवारण कोषको सहकार्यमा सञ्चालन भईरहेको कार्यक्रमको सामाजिक परिचालहरुको सहभागिता रहेको थियो । भेलाले नारायणकुमार श्रेष्ठ अध्यक्ष रहने गरि ९ सदस्यीय  सामाजिक परिचालकहरुको साझा सञ्जाल  गठन गरिएको छ  । नव गठित ९ सदस्यीय संजालको सचिवमा चन्द्र बहादुर लामा र कोषाध्यक्षमा हिरादेवी रेग्मी चयन हुनुभएकोे छ ।

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts