Showing posts with label अर्थ. Show all posts
Showing posts with label अर्थ. Show all posts

Tuesday, July 31, 2012

काठमाडौं, श्रावण १६ - गरिबी निवारण कोषले गरिबको रेखामुनि रहेका जनतालाई परिचयपत्र उपलब्ध गराई आधारभूत सेवा दिने भएको छ । कोषका उपाध्यक्ष जनकराज जोशीले गरिबलाई परिचयपत्र बाँड्ने काम अभियानकै रूपमा अगाडि बढाइने बताए ।
'चालू आर्थिक वर्षदेखि राष्ट्रिय अभियानकै रूपमा परिचयपत्र वितरण गर्ने तयारी भइरहेको छ,' आर्थिक प्रत्रकार समाज -सेजन) र कोषले संयुक्त रूपमा आयोजना गरेको कोषका उपलब्धि र भावी रणनीति बारेको अन्तरक्रियामा उनले भने, 'मानवीय गरिबी, सामाजिक गरिबी र आमगरिबीको आधारमा परिचयपत्र बाँड्ने तयारी भएको छ ।' ३ महिनादेखि १ वर्षसम्मै खान नपुग्ने गरिबहरू पनि समाजमा रहेकाले त्यस्तो जनसंख्याको उत्थानका लागि नयाँ रणनीति अवलम्बन गर्न आवश्यक भएको पनि उनले बताए । २५ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि छन् । दुई छाक भरपेट खान नपाउने अर्थात दिनमा २३ सय क्यालोरी नपाउने जनतालाई गरिबीको रेखामुनि राखिएको छ । करिब ३ वर्षअघि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले सार्वजनिक गरेको तथ्यांक अनुसार ६५ प्रतिशत नेपाली गरिब छन् । उक्त अध्ययनले खानेपानी, सरसफाइ, बिजुली आदि आधारभूत आवश्यकताको उपलब्धताको आधारमा गरिबीको आँकडा सार्वजनिक गरेको थियो ।
दिनमा १ दशमलव २५ डलर आम्दानी हुने जनसंख्याको आधारमा गरिएको एक अर्को अध्ययनले ५५ प्रतिशत नेपाली गरिब छन् ।
एसियाली विकास बैंकको अध्ययनले ६१ लाख नेपाली मात्रै मध्यम वर्गमा छन् । १ लाख उच्च वर्गमा छन् भने अन्यको आम्दानी दैनिक २ डलरभन्दा कम छ ।
पछिल्ला सबै आवधिक योजनाको मुख्य लक्ष्य गरिबी निवारण भए पनि उपलब्धि हासिल हुन सकेको छैन । विश्वका सबै मुलुक भेला भएर सन् १९९९ मा सार्वजनिक गरिएको २०१५ सम्म सर्वसाधारणको जीविकामा परिवर्तन ल्याउने कार्यक्रम सहस्राब्दी विकास लक्ष्यमा अन्य लक्ष्य हासिल हुने देखिए पनि गरिबको जीवनस्तरमा सुधार ल्याउनु चुनौतीपूर्ण छ ।
जोशीले गरिबी निवारणका लागि मन्त्रालय तथा अन्य निकायबीचको समन्वयका लागि आयोग आवश्यक रहेको बताए । यसैबीच वर्तमान सरकारले गरिबी निवारण मन्त्रालय नै गठन गरे पनि पूरा बजेट आउन नसक्दा प्रभावकारी काम गर्न नसक्ने देखिएको छ ।
'गरिबलाई राहत मात्र होइन रुपान्तरण गर्न आवश्यक छ, त्यसका लागि दिगोपनामा जोड दिनुपर्छ,' जोशीले भने । विश्व बैंकको समेत सहयोगमा गठन भएको कोषले गरिबलाई बचत गर्ने, पुनर्लगानी गर्ने र पुँजी निर्माण गर्न सहयोग गरिरहेको छ । विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गायत्री आचार्यले साना लगानीबाट क्षमता अभिवृद्धि गर्ने व्यक्ति तथा समुदायलाई थप सहयोग गर्नुपर्ने बताइन् । उनले समाजिक समस्याको पहिचान र त्यसका समाधानको विषयमा समुदायमा छलफल गरी हल खोज्न सिकाउनुपर्ने बताइन् ।  
यसैगरी कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठले आफूहरूले मागमा आधारित गरिबलाई लक्षित गरेर  कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले ४० जिल्लामा नियमित कार्यक्रम र १९ जिल्लामा आंशिक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । ५३ सहकारी संस्था र २० हजार २ सय ६८ सामुदायिक संस्था गठन गरी गरिबी निवारणका कार्यक्रम कोषले सञ्चालन गरिरहेको छ । कोषले बर्सेनि १० अर्ब ५६ करोड खर्च गर्दै आएको छ । त्यसको ७८ प्रतिशत सीधै समुदायको खातामा जाने गरेको छ ।
कान्तिपुर   प्रकाशित मिति: २०६९ श्रावण १६ ०९:००

Wednesday, July 25, 2012


fast trackकाठमाडौ, श्रावण ५ - राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्गको कात्तिकभित्र ट्रयाक खोल्ने काम सम्पन्न हुने भएको छ । १२ किलोमिटर वर्षायामभरिमा ट्रयाक खोल्ने र कात्तिकसम्म सर्भिस ट्रयाकसमेत जोडी हलुका सवारी साधन सञ्चालन गर्ने योजना सरकारले बनाएको छ ।आयोजनाका प्रमुख दिनेशप्रकाश बस्नेतका अनुसार ७६ मध्ये ५६ किलोमिटर क्षेत्रको ट्रयाक खुलिसकेको छ भने बाँकी १० किलोमिटर पुलले ओगट्ने छ । मकवानपुरको श्रीपुरमा चार र ललितपुरको डुकुछाप, बुङमती र खोकनामा करिब १२ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । मुआब्जा विवाद सकिनासाथ केही सातामै ट्रयाक खोलिसक्ने आयोजनाले जनाएको छ । बारामा निजी जग्गा नपरेका कारण ट्रयाक खोल्ने सबै काम सकिएको छ ।

फास्टट्रयाक बनाउन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएको छ । 'सर्भे र अरू टेस्टका लागि पनि साइटमा जानुपर्ने अवस्था हुन्छ, त्यसका लागि हामीले हलुका सवारी साधन गुड्ने व्यवस्था मिलाउँदै छौं,' बस्नेतले भने ।'
प्रतिस्पर्धाबिना ठेकेदारलाई ट्रयाक खोल्ने जिम्मेवारी दिएपछि अनियमितताको आशंकासाथ व्यवस्थापिका संसद्को लेखा समितिले ट्रयाक निर्माणको छानबिन गरेको थियो । सरकारले स्पष्ट निर्देशन र मार्गदर्शनबिना जिम्मेवारी दिएका कारण काम प्रक्रियासम्मत हुन नसकेको ठहर सहित समितिले सेनाको विकास निर्माण मार्गदर्शनमा समेत त्रुटि औंल्याएको थियो । २०६६/६७ मा १९ र गत वर्ष ३५ करोड सहित हालसम्म ट्रयाक खोल्ने काममा कुल ५४ करोड निकासा भइसकेको छ ।
मुख्य भागको ट्रयाक खुलेपछि भौतिक योजना तथा निर्माण मन्त्रालयले विभिन्न ठाउँमा भौगोलिक परीक्षणका लागि अनुकूल बनाउन सर्भिस ट्रयाक खोल्ने भएको हो । १८ किलोमिटर लामो र साढे चार मिटर चौडा सडकको ट्रयाक समेत सेनाले नै खोल्ने छ । यसका लागि करिब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 'कात्तिक दोस्रो सातासम्ममा मन्त्रालय र इच्छुक कम्पनीको सवारी साधन ट्रयाकको जुनसुकै भागमा पुग्ने व्यवस्था मिलाउँदै छौं,' आयोजना प्रमुख बस्नेतले भने । यसका लागि वाग्मतीमा करिब ३/४ वटा अस्थायी पुल बनाउने तयारी भएको छ । तर हाल एक तृतीयांश बजेट आएका कारण बीचमा बजेटको अभाव हुन सक्ने अधिकारीहरू बताउँछन् ।  यसबीचमै भौतिक योजना तथा निर्माण मन्त्रालयले फास्टट्रयाकको बुट -निर्माण, सञ्चालन र हस्तान्तरण) का लागि प्रस्ताव आह्वान गरिसकेको छ । करिब चार महिनाको समय दिएर मन्त्रालयले सार्वजनिक आह्वान गरेकामा हालसम्म भारतको रियलान्स कम्पनीले चासो देखाएर आवेदन र्फम किनिसकेको आयोजनाले जनाएको छ । इच्छुक कम्पनीले मन्त्रालयको इस्टिमेटका साथै स्थलगत रूपमै सर्वेक्षण गरी निर्माणको प्रस्ताव र आफूले सवारी साधनबाट उठाउने टल -शुल्क) बारे प्रस्ताव पेस गर्नुपर्ने छ । भौतिक मन्त्रालयले ९६ वटा पुल र १३ सय मिटर सुरुङसहित फास्टट्रयाक निर्माणमा करिब ७७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । यसका आधारमा शुल्क समेत मोटामोटी रूपमा तय भएको आयोजनाका इन्जिनियर मुस्कान मास्केले बताए । यसबाहेक ७ दशमलव ४ किलोमिटर सुरुङ थप्न सकिने र त्यसबाट फास्टट्रयाकको लम्बाइ घटेर ७० किलोमिटरमा सीमित हुने इन्जिनियरहरूको भनाइ छ । 'त्यसमा इच्छुक कम्पनीले थपघट गर्न पाउँछन्,' मास्केले भने ।
मन्त्रालयको अवधारणापत्रमा ठूलालाई १ हजार १ सय र मोटरसाइकल स्तरका सवारीलाई दुई सय रुपैयाँ प्रस्ताव गरिएको छ । आउने र जाने गरी दैनिक १० हजार सवारी साधन गुड्ने अनुमान गरिएको र त्यसबाट वाषिर्क करिब साढे ३ अर्ब रुपैयाँ उठ्ने छ । लगानी उठ्न करिब २० देखि २५ वर्ष लाग्ने छ ।
हाल राजधानी प्रवेशको प्रमुख नाका नागढुंगामा दैनिक ४ हजार ५ सय सवारी साधन गुड्ने गरेको तथ्यका आधारमा यो शुल्क आकलन गरिएको हो । यसबाहेक सरकारले सर्त अनुसार प्रभावकारी प्रगति भए वाषिर्क ३ अर्ब रुपैयाँ निर्माण कम्पनीलाई अनुदान दिने प्रस्ताव समेत गरेको छ । हाल काठमाडौंदेखि नारायणगढ हुँदै बाराको कलैया पुग्न २ सय ८० किलोमिटर दूरी पार गर्नुपर्नेमा फास्टट्रयाक बनेपछि ७६ किलोमिटरमै यात्रा सम्भव भई दुई सय किलोमिटर छोटो पर्छ भने कम्तीमा पाँच घन्टा समय घट्छ । 'एकोहोरो यात्रामा कम्तीमा दुई सय किलोमिटर र पाँच घन्टा किफायत हुने भएकाले शुल्क अझै बढाउन सकिने देखिन्छ,' आयोजना प्रमुख बस्नेतले भने ।

Sunday, July 15, 2012

काठमाडौं, असार ३१ । सरकारले नयाँ आर्थिक वर्ष २०६९/७० का लागि अध्यादेशमार्फत एक तृतियांश बजेटको घोषणा गरेको छ । आइतबार अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आउँदो चार महिनाका लागि १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको बजेट प्रस्तुत गरेको हो ।
सिंददरवार स्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा आयोजित कार्यक्रममा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले यसवर्ष अहिलेसम्मकै उच्च आर्थिक वृद्धि भएको बताए । चार महिनाको लागि मात्र जारी गरिएको सो बजेट एक खर्व ६१ अर्व ६२ करोड रुपैयाको छ । सरकार पूर्ण बजेट ल्याउने सोचका साथ अघि बढेको भएपनि राजनीतिक सहमति र संवादको लागि प्रस्थानविन्दुको रुपमा सरकारले एक तृतीयांश मात्र बजेट ल्याएको मन्त्रीले पुनले बताए ।
विपक्षी दलहरुले सरकारलाई पूर्ण बजेट नल्याउन निरन्तर दवाव दिदै आएपछि सरकारले अन्तरिम संविधानको धारा ९६ (क) अनुसार एक तृतीयांश मात्र बजेट ल्याएको हो । अर्थमन्त्री पुनले पूर्ण बजेटको तयारीमा जुटेपनि बजेटलाई राजनीतिक परीक्षाको विषय बनाइएपछि सरकारले आफ्नो कमजोरीका रुपमा नभै राजनीतिक सहमति र संवादको प्रस्थानविन्दुका रुपमा एक तृतीयांश बजेट ल्याएको स्पष्ट पारे । बजेटमा सरकारले घोषण गरेको संविधानसभाको पुन निर्वाचन, सेना समायोजनपछि बन्ने राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय खर्च ३–३ अर्ब साथै स्वेच्छिक अवकासका लागि ३ अर्ब ६९ करोड १३ लाख विनियोजन गरेको छ ।
यस अघि आइतबारै विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी आर्थिक वर्ष २०६९/७० मा खर्च गर्न एक तिहाई बजेट ल्याउनका लागि राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकले चालु आव २०६८–६९ मा विभिन्न मन्त्रालयलाई खर्च गर्न छुट्याएको बजेटको खर्चका आधारमा तृतीयांश बजेट ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुसार सो आर्थिक अध्यादेश जारी भइसकेको छ ।
नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्न र खर्च गर्न सरकारले अध्यादेशमार्फत उक्त रकम प्रस्ताव गरेको हो । विनियोजन ऐन नआएसम्म सार्वजनिक खर्च व्यवस्थापन गर्न चालु आर्थिक वर्षको कुल व्ययको एक तृतीयांशमा नबढ्ने गरी आगामी आर्थिक वर्षको लागि खर्च गर्ने अधिकार अध्यादेशले दिएको छ ।
सरकारले सञ्चित कोषमा व्ययभार भएका विषयमा आर्थिक वर्ष भरिकै लागि रु ५१ अर्ब २९ करोड ५६ लाख ५७ हजार र सञ्चित कोषबाट खर्च हुने सेवा र कार्यका लागि चालु वर्षको यथार्थ खर्चको एक तृतीयांशमा नबढ्ने गरी रु एक खर्ब ६१ अर्ब दुई करोड ४८ लाख ८२ हजार खर्च गर्न सरकारले प्रस्ताव गरेको हो । अर्थमन्त्री वर्षमान पुनले आज राष्ट्रिय योजना आयोगको सभाकक्षमा आयोजित विशेष समारोहमा कुल व्ययको एक तृतीयांशमा नबढ्ने गरी खर्च प्रस्ताव गर्दै संविधानसभा निर्वाचन खर्च, स्वैच्छिक अवकास रोजेका माओवादी लडाकूको भत्तासमेत समेटिएको बताउनुभयो ।
मन्त्री पुनका अनुसार संविधानसभा निर्वाचनका लागि रु तीन अर्ब, स्वैच्छिक अवकास रोजेका माओवादी लडाकूको भत्ताका निम्ति तीन अर्ब ६९ करोड १३ लाख र सेना समायोजनसम्बन्धी राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय गठनका लागि रु तीन अर्ब व्यवस्था गरिएको छ । “तत्काल यथार्थ खर्चको विवरण प्राप्त हुन नसक्ने भएकाले एक तृतीयांश रकम गणनाका लागि संशोधित व्यय अनुमानलाई आधार मानिएको छ”–अर्थमन्त्री पुनले भने ।
प्रस्तुत अध्यादेशबाट चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका आयोजनाको बाँकी काम बजेटको सीमाभित्र रहेर कार्यान्वयन गर्ने, हाल जारी रहेका सेवा र कार्यलाई निरन्तरता दिन सञ्चित कोषको रकम उपयोग गर्ने, अध्यादेशद्वारा पेश्कीस्वरुप खर्च गर्न दिएको अधिकार   चालु आर्थिक वर्षमा जुन बजेट उपशीर्षकबाट खर्च गरिएको हो सोही उपशीर्षकबाट मात्र खर्च गर्न पाइने व्यवस्था भएको उहाँले जानकारी दिए ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts