धादिङबेसी १२ श्रावण । लामो समयदेखि खडेरी परेको कारण धादिङ जिल्लामा यस वर्ष मकै उत्पादन ५० प्रतिशतले घट्ने भएको छ । मकैको चमरा निस्कने बेलामा एक साता भन्दा लामो खडेरी गएको र रासायनिक मलको अभावको कारण जिल्लामा ५० प्रतिशतले मकै उत्पादनमा कमी आउने जिल्ला कृषि कार्यलय धादिङले जनाएको हो । वरिष्ट कृषि विकास अधिकृत चक्रपाणी पन्थीले यस वर्ष खडेरीका कारण मात्र नभएरकिसानहरुलाई समयमै रासायनिक मल नपाएका कारण मकै बाली राम्रो नभएको बताउनु भयो । वरिष्ट अधिकृत पन्थीको चैतको अन्तिम सातादेखि बैशाखको अन्तिम सम्ममा मकैखेती गरेमा उत्पादन बढ्ने सुझव छ । कुल ४८ हजार १ सय ३६ हेक्टर खेती योग्य जमिन मध्ये १९ हजार ४ सय ४८ हेक्टरमा गत वर्ष जिल्लामा २८ हजार १ सय २१ दशमलव ३ मेक्ट्रीकटन मकै उत्पादन भएको थियो ।
जिल्लाको तथ्याङक अनुसार कुल मकै खेतीयोग्य भुभागमा ७० प्रतिशत कृषकहरुले समयमै खेती लगाएपनि खडेरीको कारण सोचेअनुरुप मकै उत्पादन हुन नसक्ने सम्भावना बढेको हो ।
समयमै खेती नलगाएको र मल अभाव भएको कारण उत्पादनमा हस आएको पन्थीको भनाई छ । जिल्लामा हाल ६ हजार ८ सय ५० मेट्रिकटन मलको माग हुँदै आएपनि ५० प्रतिशत मात्रै मल आपुर्ति भएकोे छ ।

0 comments:
Post a Comment