Monday, July 30, 2012

धादिङबेसी ,श्रावण १५/ जिल्ला विकास समिति धादिङमा हुने गरेका हरेक अनियमितिाहरुलाई बाहिर ल्याएरै छाड्ने जिल्लामा क्रियाशिल ६ दलका प्रतिनिधिहरुले आइतवार घोषणा गरेको छन् । यसले केहि हदसम्म धादिङका जनतालाई शान्तोना मिलेको छ ।
करोडौ अनियमिति भएको जनगुनासाहरु बाहिर आउने गरे पनि चुप रहने दलहरु किन यो घोषणामा पुगे ? के बाहिर ल्याउलान त, जिविसको अनियमिता ? यो त भविश्यले बताउला ।  तर पनि  अनियमिता भएको पक्का हो । ढिलै भए पनि ६ दलले गरेको यो घोषणा स्वागतयोग्य छ । स्थानीय विकास अधिकारी इन्दुघिमिरे यतिखेर धादिङ हुनुहुन्न ।
गत आर्थिक वर्षमा धादिङबेसी सदरमुकाम रिङरोड चक्रपथ निर्माणको लागि छुट्याइएको १६ लाख रुपैयाँ विना टेन्डर, विना स्टमेट, घिमिरेले सुटुक्क सामान खरिद गरेर ल्याएपछि दलहरु घिमिरेप्रति चिडिएका थिए । दलहरुका अनुसार घिमिरेले उक्त १६ लाखको सामान खरिदमा ३५ प्रतिशतसम्म कमिशन खाएको आरोप लगाएका छन् । त्यसो त जिल्ला विकास समिति मा काम गर्ने प्रविधिक होस वा सामाजिक क्षेत्रमा काम गर्ने हरेक योजना शाखाको काम होस् पैसामा वार्गेनिङ हुने यो कुरा पहिलो होईन । विभिन्न समयका अनियमिताको प्रसंगमा आई रहने जिल्ला विकास समिति धादिङका प्रमुख जिल्ला इन्जिनियर गुरुप्रसाद शर्माको नाम यस पटक पनि आएको छ । स्थानीय विकास अधिकारी घिमिरे, इन्जिनियर शर्मा र योजनाशाखा प्रमुख विनोद अर्यालको मिलेमतोमा जिविसमा अनियमिता हुने गरेको ६ दलको आारोप छ ।
कार्यक्रमा अनियमिता गर्ने स्थानीय विकास अधिकारी इन्दु घिमिरे, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल र जिल्ला प्रहरी उपरीक्षक गणेश रेग्मीलाई अख्तियार सम्म लैजाने एकीकृत नेकपा माओवादी धादिङका सह–इन्र्चाज रामबहादुर भण्डारीले बताउनु भएको थियो  । दहरुले सथानीय विकास अधिकारी र प्रमुख जिल्ला इन्जिनियर शर्मा तर्फ यंकित गर्दैे ढुङ्गा, बालुवा, गिटीबाट लाखौ बुझ्ने गरेको तथ्य आफुहरुसँग भएको समेत बताएका थिए ।
त्रिशुली नदीबाट स्काभेटर लगाएर बालुवा निकाल्ले कार्य रोकिएको छैन । रोकियोस पनि कसरी, अनुगमन गर्ने निकाय नै हामी अनुगमन गर्न आउँदै छौ, भनेर जानकारी गराउँने गर्छन् । यसबाट अनियमिता भएको प्रष्ट हुने उनीहरुको भनाई छ । वर्षाको समय ग्रामीण सडकहरु हिफाजतका लागि सर्वदलिय सहमति अनुसार बन्द गरिएको ग्रमीण सडकहरुमा अत्यावस्यक यातायतको साधन भन्दै जिविसले कुपन दिने र बेलुका ८ वजे पछि ५ हजार तिरी गाडीहरु आवत–जावत गर्ने गरेको पाईएकोले मनपरी कुपन वितरण, र अवैधानिक कर्मचारी नियूक्ति गर्ने घिमिरे र शान्ति सुरुक्षाको जिम्मा लिएको प्रसाशनक अधिकारीको मिलेमतो देखिएको भन्दै एमाले काँगे्रस बाहेकका ६ दलले यातायात खुल्ला गरिएको बताएका थिए ।
वर्षायाममा यातायात सुचारु गर्दा बाटो भत्किन्छ भनेर बन्द गरिनु जनहितको निम्ति थिए र बाटो धेरै विग्रँदा आर्थिक भार थाम्न मुस्किल पर्ने हुन्छ । बाटो बन्द हुँदा सडक गाउँमा पुगेको महसुस गर्ने तमाम ग्रामीण भेगका समुदाय बाटो बन्दहुँदा समयमै मल, खाद्यान्न लगायतका बिउ विजन ढुवानी गर्न सकिरहेका थिएनन् ।
हुनेखाने पहुँचवालाहरलाई खुल्ला र गरिब किसानहरुलाई बन्द गरिएको ग्रमीण सडक सुचारु भए पछि ६ दलले धन्यावाद पाएका छन् ।  जिल्लामा रहेका ६दल मात्र होइनन् जिविस.मा भएको अनियमितताको विरुद्धमा सबै दलहरु लाग्नु आवश्यक छ । दलहरुले यसैगरी दलिय स्वार्थ भन्दा माथि उठेर जनहितका लागि काम गरुन् शुभकामना ।

Related Posts:

  • लण्डन ओलम्पिक आरम्भको घोषणामा घण्टी बज्यो बेलायत, साउन १२ । बिग बेन शुक्रबार ओलम्पिक खेलको आरम्भका लागि तीन निमेटसम्म बज्यो । यसले बेलायतको राजधानीमा ओलम्पिक खेलको उद्घाटन समारोहको सङ्केत दिन्थ्यो । लन्डनका लागि सबैभन्दा मनपराइएको चिन्हको रूपमा रहेको अग्लो … Read More
  • पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्धधादिङ श्रावण १२ / धादिङको बैरेनी गाविस ९ बैरेनी बजारमा बिहीबार राति गएको पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोका कारण राति २ बजेदेखि सवारी साधन आवत जावतमा अबरोध भएको  छ । ईलाका प्रहरी कार्यालय गजुरीका प्रहर… Read More
  • धादिङमा यस वष मकै उत्पादन ५० प्रतिशतले घट्नेधादिङबेसी १२ श्रावण । लामो समयदेखि खडेरी परेको कारण धादिङ जिल्लामा यस वर्ष मकै उत्पादन ५० प्रतिशतले घट्ने भएको छ । मकैको चमरा निस्कने बेलामा एक साता भन्दा लामो खडेरी गएको र रासायनिक मलको अभावको कारण जिल्लामा ५० प्रतिशतले मकै … Read More
  • दार्चुला र बैतडीमा ५ रेक्टर स्केलको भूकम्पबैतडी, श्रावण १३ - दार्चुला, बैतडी र भारतको उत्तराखण्डमा शनिबार दिउँसो ११ बजेर ३३ मिनेट जाँदा ५ रेक्टर स्केलको भूकम्प गएको छ ।भूकम्पबाट मानविय क्षति नभएपनि बैतडी र दार्चुलाको उत्तरी क्षेत्रका केही घर सामान्य चर्किएको स्थान… Read More
  • पत्रकार कुट्ने पर्शुराम बढुवा१३ साउन, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले पत्रकार खिलानाथ ढकाललाई आक्रमण गर्ने मुख्य योजनाकार मानिएका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई केन्द्रीय सदस्यमा बढुवा गरेको छ । संघले शनिबार क… Read More

0 comments:

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts