केन्द्रीय समिति सदस्य : एकीकृत नेकपा माओवादी
पर्वअध्यक्ष : अखिल नेपाल महिला सङ्घ
जन्म : २०१७ साल, काभ्रे जिल्ला
जन्म : २०१७ साल, काभ्रे जिल्ला
विवाहपश्चात्
एक गृहिणीको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक जीवनलाई पनि अगाडि
बढाउने नेपाली महिलामध्येकी एक हुनुहुन्छ शशी श्रेष्ठ । हाल उहाँ एक सक्रिय
महिला अधिकारवादीको साथ साथै नेपालको सबैभन्दा ठूलो पार्टीएकीकृत नेकपा
माओवादीकी केन्द्रीय समिति सदस्य पनि हुनुहुन्छ । काभ्रे जिल्लास्थित
मङ्गलटार बजारमा २०१७ साल पुस महिनामा जन्मनुभएकी शशीको परिवारको आफ्नै
सानो व्यापार थियो ।
आफू अशिक्षित भए पनि छोराछोरीलाई पढाउने ठूलो चाहना
उहाँको बुबाको थियो । त्यसैले गाउँमा विद्यालय निकै टाढा भएकाले उहाँ आफ्नो
छोराछोरीलाई घरमै पढाउनका लागि शिक्षकको खोजीमा भारतसम्म पुग्नुभएको थियो ।
परिवारमा ६ सन्तानमध्ये शशी एक्ली छोरी
हुनुहुन्थ्यो । आफूले पाए जति माया आफ्नो उमेरका निकै कमै मात्र छोरीहरूले
उनीहरूको परिवारबाट पाएका उहाँ सम्झनुहुन्छ । शशी नौ-दस वर्षो भइञ्जेल पनि
उहाँको बुबाले बोकेरै खाना ख्वाउनुहुन्थ्यो । यद्यपि परिवारबाट एउटी छोरीको
लागि माया मात्रै पर्याप्त नहुने महसुस गरेकी शशी भन्नुहुन्छ, "मैले
जन्मेदेखि नै परिवारमा प्रशस्तै माया पाएँ । तर पनि अन्य नेपाली महिलाले
झैँ भेदभाव र दमन पनि महसुस गरेँ ।"
शशीका दाजुभाइ दिनभरि घरबाट गायब हुँदा पनि कसैले
वास्ता गर्ने थिएन । तर उहाँलाई भने छिमेकमा गएर खेल्नसमेत बन्देज थियो ।
उहाँलाई एकैछिन नदेख्दा परिवारमा ठूलै खलबली मच्चिन्थ्यो । तर त्यसको
प्रतिकार गर्दै शशी आफ्ना अविभावकसँग मलाई मात्रै किन यस्तो भनेर प्रश्न
गर्नुहुन्थ्यो । शशीको त्यही स्वभावले आज उहाँलाई यहाँसम्म ल्याइपुर्याएको
छ ।
त्यसैगरी समाजमा रहेको धनी र गरिब, ठूलो र सानो
जात अनि महिला पुरुषबीचको असमानताले पनि उहाँलाई निकै चिन्तित तुल्याउँथ्यो
। जसले उहाँको स्वभावलाई अझै बढी क्रान्तिकारी बनाइदियो । उहाँ नौ वर्षो
हुँदा एक धनाढय आफन्तमा भाइ पर्नेले उसलाई लडाइदिएको आरोप शशीलाई लगाएपछि
उहाँले पनि चक्कु नै देखाउनुभएको थियो । आफ्नो उक्त कदमप्रति उहाँले सजाय
पनि पाउनुभएको थियो ।
बामपन्थीको अखडाका रूपमा परिचित सिन्दुली
जिल्लामा गएर उहाँ ६ कक्षामा भर्ना हुनुभएको थियो । उहाँ पढेको विद्यालयमा
हाल माओवादीका केन्द्रीयस्तरका नेता चन्द्रप्रसाद गजुरेल पनि शिक्षक
हुनुहुन्थ्यो । यही क्रममा उहाँको भेट केही वामपन्थी नेताहरूसँग हुनपुग्यो ।
त्यसैगरी चिनियाँ साहित्यबाट पनि उहाँ निकै प्रभावित हुनुभयो ।
साम्यबाद भनेको एउटा यस्तो राजनीतिक व्यवस्था हो जसले वर्गीय विभेदको अन्त्य गर्नुका साथै युवावर्गलाई राम्रो शिक्षा र रोजगारी प्रदान गर्नुको साथै वृद्धवृद्धालाई सम्मान गर्छ भन्ने उहाँले पनि बुझनुभयो । तर राजनीतिदेखि टाढै रहेको परिवारबाट आउनुभएकी शशीका लागि ती कुरा नितान्त नौलो रहृयो । तैपनि उहाँ कसैको मार्गनिर्देशन विना नै विभिन्न क्रियाकलापमा सक्रिय हुन थाल्नुभयो । पञ्चायती व्यवस्थाविरुद्धका सभा र प्रदर्शनीहरूमा उहाँ भाग लिनुहुन्थ्यो भने मण्डले विद्यार्थीविरुद्ध जाइलागेको अनुभव पनि उहाँसँग छ ।

वि.सं. २०३३ मा उहाँ आफ्नै गाउँ बनेपा फर्केर
आजाद उच्चमाविमा भर्ना हुनुभयो । त्यहाँ भेट भएका दिलसुन्दर श्रेष्ठ र अन्य
राजनीतिज्ञले नै उहाँलाई पनि कम्युनिस्ट पार्टीी लाग्न प्रेरित गरे । उहाँ
राजनीतिमा लाग्न सुरु गर्दा नेपाल कम्युनिस्ट पार्टी चौमको सक्रियताले
उचाइ छोएको थियो ।
छोरीको राजनीत्रि्रतिको झुकाव उहाँको परिवारलाई
त्यति चित्त बुझेन । त्यसैले एसएलसीपश्चात् नै उहाँको पढाइ बन्द गर्राई
बिहे गरिदिने सोच उनीहरूले बनाए । तर उहाँले आफूमाथि आएका सम्पर्ण दबाबको
सजिलै प्रतिकार गर्नुभयो । आफूले जाँच् दिन पाउनर्पर्छ भन्दै घरमै भोकहडताल
गरिदिनुभयो । उक्त अभियानमा उहाँकै एक दाजुले पनि शशीलाई साथ दिनुभयो ।
यसरी कसैले एसएलसीसम्म पनि पास गर्न नसकेको घरमा शशीले भने शिक्षा र
मानविकीमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभयो । उहाँले समाजशास्त्रमा
स्नातकोत्तरको पढाइ सुरु गरे तापनि राजनीतिक सक्रियताले गर्दा त्यसलाई पूरा
भने गर्न सक्नुभएन ।
पारिजातको नेतृत्वमा २०३३ सालमै अखिल नेपाल महिला
सङ्घ (अनेमसङ्घ) को पर्नर्गठन भएको थियो । श्रेष्ठ त्यतिबेला पारिजातको
बिचार र प्रतिबद्धताबाट निकै प्रभावित हुनुभयो । त्यसैले उहाँ सुरुदेखि नै
सङ्घमा आबद्ध हुनुभयो । त्यसताका राजनीतिक पार्टीप्रति प्रतिबन्ध
लगाइएकाले आफ्नो राजनीतिक धारणा अभिव्यक्त गर्ने माध्यम नै सङ्घ बनेको थियो
। उहाँले अनेमसङ्घको बिस्तारमा पनि सक्रिय भूमिका निभाउनुभयो । आफ्नो भेष
बदलेर भए पनि सङ्घको काममा अगाडि बढ्नको लागि उहाँले कालधारामा एउटा टेलर
पसल सञ्चालन गरेर त्यहाँका स्थानीय महिलासँग सर्म्पर्क बढाउनुभयो । नेपाली
संस्कृतिमा महिलाको महत्व बुझाउँदै नेपाली महिलाको अवस्थामा परिवर्तन
ल्याउनका लागि उनीहरूलाई आफ्नो तर्फाट ठूलो भूमिका निभाउन शशीले हौसला
दिनुभयो । ती महिला समूह पनि सदस्य सङ्ख्या बढाउने, अर्थ सङ्कलन
गर्नेलगायतका काममा सक्रिय रहे । महिला एकीकृत भई सरकारलाई दबाब दिने काममा
उहाँहरूले कामदार, विद्यार्थी र अन्य बिभिन्न भूमिकामा आफूलाई
ढाल्नुपर्यो ।
स्थानीय मध्यम बर्गीय महिलाले आफ्नो घरमा पाएको
सुखसुविधा वास्तबिक रूपमा सुख नभएको सम्झाउँदै उनीहरूलाई स्वतन्त्रताको
बाटो देखाइदिनुका साथै महिला मुक्तिको उपाय पनि शशीले बताइदिनुभयो ।
पञ्चायती शासनमा एक राजनीतिक अधिकारकर्मीका रूपमा काम गर्न आजको भन्दा निकै कठिन थियो । श्रेष्ठले २०३६ सालमा ललितपुरको ठैवमा विद्यार्थीको एक राष्ट्रिय भेलाको नेतृत्व गर्नुभएको थियो । त्यहाँ उपस्थित जोसिला विद्यार्थीहरूले बाँडेगाउँमा एउटा र्याली गर्ने विचार गरे । त्यसै दिन राति पुलिसले हेलिकप्टरबाट ती बिद्यार्थीहरूलाई गाउँभरि खोजी गर्यो । तर शशी भने केही स्थानीय किसानको सहयोगले त्यहाँबाट भाग्न सफल हुनुभयो । त्यसपछि आफ्नो नाममा पक्राउ पर्र्जी जारी भएकोले तीन महिनासम्म उहाँलाई भूमिगत नै रहनुपर्यो ।

हाल एकीकृत नेकपा माओवादीका अध्यक्ष रहेका
पुष्पकमल दाहाल, प्रचण्डको नेतृत्वमा सोही वर्षअखिल नेपाल युवा सङ्घको गठन
भएको थियो । चीनमा रहेको योङ कम्युनिस्ट लिगजस्तै एक सैन्य दस्ता तयार
पार्नु उक्त सङ्घ स्थापनाको उद्देश्य थियो । उक्त सङ्घमा शशी सुरुदेखि नै
केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो । उहाँको साथमा देव गुरुङ, सर्वोत्तम
डङ्गोल र कमानसिंह लामा सदस्य थिए । पछि गएर सोही सङ्घ नै जनयुद्धको जग
बनेको उहाँ बताउनुहुन्छ ।
सङ्घ गठनको एक वर्षश्चात् जनमतसङ्ग्रह भयो र
सरकारले पञ्चायती व्यवस्था पर्नर्गठन गर्ने घोषणा गर्यो । यसले राजनीतिक
दलहरूलाई निकै ठूलो झड्का लाग्यो । तैपनि उनीहरू विरोधमा उत्रन डराइरहेका
थिए । त्यतिबेला नै अनेमसङ्घ भने सडकमा उत्रिएर सरकारको उक्त कदमको विरोध
गर्न थाल्यो । प्रदर्शनमा प्रहरी हस्तक्षेप भयो र शशी पनि पक्राउ पर्नुभयो ।
त्यतिबेलाको राजनीतिक पार्टीभन्दा महिला सङ्घ नै बढी सक्रिय रहेको कुरा
सोही घटनाले प्रतिबिम्बित गर्ने शशीको भनाइ छ । शशी पक्राउ परेपछि अब
छोरीको बिहे नहुने भयो भनेर परिवारका सबैजना चिन्तित हुन थाले । तैपनि
उनीहरूले बिहेका लागि केटा खोज्न भने छाडेनन् । तर शशीले भने सोही समय घरै
छाडेर जाने विचार गर्नुभयो र यस बारेमा पार्टी सल्लाह पनि गर्नुभयो ।
आफ्नो दाजुबाट कुनै पनि आर्थिक सहयोग नपाएपछि शशीले उहाँकै एक साथी
इश्वरीसँग मद्दत माग्नुभयो । त्यतिबेला बुबाले सबै सम्पत्ति आफ्ना
छोराहरूलाई भाग लगाइसक्नुभएकाले आफूलाई मद्दत गर्न अर्समर्थ रहनुभएको
सम्झँदै उहाँ भन्नुहुन्छ, "तैपनि उहाँले आफ्नो खल्तीमा भएको पचास रूपैयाँ
मलाई दिनुभएको थियो । त्यही पैसाले मलाई नयाँ जीवनतिर डोर्याएकाले त्यो
मेरो लागि बिर्सनै नसकिने उपहार बन्यो ।"
वि.सं. २०३६ मा उहाँको भेट लीलामणि पोखरेलसँग भयो
र दुवैले विवाह गर्ने निधो गरे । तर दुवैतर्फा परिवार भने उहाँहरूको
निर्णय सहमति भएनन् । यदि छोरीले राजनीतिकर्मीसँग बिहे गरेर राजनीतिक
जीवनलाई अगाडि बढाइरहिन् भने दुःख पाउँछे भनेर शशीका परिवार चिन्तित थियो ।
तर उहाँहरूलाई पार्टीले सहयोग गर्यो र पारिजातको घरमा एउटा सानो
समारोहबीच २०४१ सालमा विवाह सम्पन्न भयो । उक्त समारोहमा शशीका बुबा
आउनुभएको थियो भने लीलामणिको परिवारबाट कोही पनि सहभागी भएका थिएनन् ।
यी दम्पतीका लागि वैवाहिक जीवन निकै सङ्र्घषपर्ण
रह्यो । तैपनि लीलामणिको परिवारबाट उहाँहरूलाई कुनै पनि प्रकारको सहयोग
मिलेन । यसका बाबजुत पनि शशीले आफ्नो श्रीमानलाई उहाँको परिवारसँग राम्रो
सम्बन्ध राख्न बारम्बार अनुरोध गरिरहनुभयो । तर परिवारको तर्फाट भने कसैले
पनि उहाँहरूलाई राम्रो व्यवहार गरेनन् । बरू उल्टै यी दम्पतीको सामाजिक र
राजनीतिक जीवनमा बाधाअड्चन हाल्ने काम उनीहरूबाट भयो । कुनै पनि आफन्त र
साथीभाइले शशीसँग सम्बन्ध राख्न चाहेनन् । आफ्ना ती दिनहरू आज सम्झन नचाहने
शशी भन्नुहुन्छ, "राजनीतिक जीवन त सधैँ सङ्घषपर्ण नै रहयो । त्यसमाथि पनि
परिवारमा सधै आर्थिक अभाव रहँदा मलाई निकै गाह्रो भयो ।"
विवाहपछि परिवारको थप जिम्मेवारी सम्हाल्दै राजनीतिक जीवनलाई पनि अगाडि बढाउन सकेकामा आज शशी निकै गर्व गर्नुहुन्छ । यद्यपि आफ्नो श्रीमान जति नै सहयोगी भए तापनि श्रीमतीप्रति आफ्नो विचार लाद्न खोज्ने बानीको भने उहाँ गुनासो गर्नुहुन्छ । कम्युनिस्ट नेताहरूमा समेत परम्परागत पुरुषवादी सोच अझै यथावत रहेको बताउँदै उहाँ भन्नुहुन्छ, "उनीहरू आफ्नो श्रीमतीले बाहिर आएर काम गर्नुका साथै घरमा पनि राम्रो गृहिणी र असल बुहारीका रूपमा रहिदियोस् भन्ने चाहन्छन् ।"

शशीका श्रीमान निकै सहयोगी थिए । तैपनि कतिपय
प्रसङ्गमा शशी स्वयंले आफ्नो श्रीमानलाई विभिन्न जिम्मेवारीबाट टाढै
राख्नुभयो । मैले सबै गर्न सक्छु भन्ने भावनाका कारण आफूले नै आफ्नो
श्रीमानको बानी बिगारेको र घरभन्दा बढी उहाँलाई बाहिर नै राखेको उहाँ
स्वीकार्नुहुन्छ ।
आफ्ना परिवारको आर्थिक अवस्था सुधार्नका लागि शशीले २०४५ सालदेखि ललितपुरमा रहेको फुलचोकी हाई स्कुल र गणेश मेमोरियल हाई स्कुलमा पढाउन थाल्नुभयो । बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चात् पार्टीीतिको उहाँको जिम्मेवारी पनि बढ्दै गएकाले उहाँले अध्यापनलाई निरन्तरता दिन सक्नु भएन ।

वि.सं. २०४६ अगाडि महिलाको मुद्दालाई राजनीतिक
एजेन्डाभन्दा अलि कम प्राथमिकता दिइने गरेको उहाँको अनुभव छ । महिला
सङ्घहरू पनि राजनीतिक पार्टीको भगिनी संस्थाका रूपमा मात्रै स्थापना हुन्थे
। साथसाथै राजनीतिमा रुचि नभएका महिलालाई त्यस्ता सङ्घले समेट्ने पनि थिएन
।
तर २०४६ सालपछि भने बिकासे कार्यकर्ताले नै महिला
आन्दोलनलाई हाँकेर लगेको देखिन्छ । त्यस्ता सङ्घसंस्थाले पार्टीलेनिकै
पहिले ल्याइसकेको एजेन्डालाई विषय बनाएर महिलामा केही ठोस परिवर्तन
ल्याउनुभन्दा अन्तर्ररािट्रय दातृसंस्थालाई आकषिर्त पार्ने काम मात्रै
गरेको उहाँको भनाइ छ । यसबारेमा आफ्नो विचार राख्दै उहाँ अगाडि भन्नुहुन्छ,
"गैरसरकारी संस्थाले समानताका लागि काम गरिरहेको छ । तर मुक्तिविनाको
समानताको केही अर्थ छैन ।"
उहाँ आफ्नो पार्टीले महिलाको बिषयमा उदारवादी सोच राखेको बताउनुहुन्छ । केही पुरुषवादी सोच भएका नेताहरूले महिलाको क्षमतालाई दबाउने प्रयत्न गरे तापनि पार्टी भित्र महिलाको योगदानलाई कहिले पनि नकार्न नसक्ने दाबी उहाँ गर्नुहुन्छ । त्यसैगरी महिला आफ्नो साझा मुद्दामा एक भएर आवाज उठाइरहेका छन् भने पार्टीसंरचनाभित्र पनि महिलालाई उचित स्थान दिइनुर्पर्छ भन्ने महसुस हुन थालेको उहाँ बताउनुहुन्छ ।
जन आन्दोलनमा नेपाली महिलाले ठूलो योगदान पुर्याएका र देशलाई गणतान्त्रिक बनाउँदा पनि उत्तिकै मेहनत गरेका शशी स्मरण गराउनुहुन्छ ।

राजाको
प्रत्यक्ष शासन व्यवस्था रहेको बेलामा उहाँले पुर्याउनुभएको योगदान र
शान्ति प्रक्रियाको सुरुवातदेखिकै रहेको उहाँको सक्रियताको कदरस्वरूप उहाँ
२०६४ साल वैशाख १६ गते स्वस्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नियुक्त
हुनुभएको थियो । एउटा राजनीतिकर्मीका लागि यो एउटा ठूलो उपलब्धि हुनसक्छ ।
तर उहाँका लागि भने यो कार्यकाल एउटा तीतो अनुभवका रूपमा मात्रै रहन पुग्यो
। उहाँले भ्रष्ट कर्मचारीतन्त्रसँंग सम्झौता गर्न मान्नु भएन र उनीहरूले
गरेको अनियमितता विरुद्ध आवाज पनि उठाउनुभयो । फलस्वरूप उहाँले मन्त्रालयकै
कर्मचारीबाट काममा अवरोध, पर्रदर्शन र धम्की सुन्नुपर्यो । त्यसैले आफूले
मन्त्रालयमा गएर काम गर्नुभन्दा तल्लो तहमै बसेर जनता र पार्टीका लागि काम
गर्नमा उहाँले प्राथमिकता दिन थाल्नुभयो ।
नयाँ संविधानको निर्माणपछि महिला र उनीहरूको नेतृत्वमा पनि सुधार आउने आशा उहाँले गर्नुभएको छ । समाजमा विद्यमान राजनीतिक ब्यवस्था र महिलालाई सधै दबाएर राख्न खोज्ने त्यही व्यवस्थाभित्रका पुरुषहरूले महिलालाई माथि उठ्न नदिने हुनाले यस्ता तत्वविरुद्धको आफ्नो आवाजलाई सधैँ बुलन्द राख्नुपर्ने उहाँको धारणा छ ।

Written by Razen Manandhar
0 comments:
Post a Comment