Thursday, December 4, 2014

धादिङ मंसिर १८ । न्वागी पर्वको अवसरमा मनाईने धादिङको त्रिपुरासुन्दरी माई मन्दिरको जात्रा आज सम्पन्न भएको छ ।
आज बिहान सबेरै त्रिपुरासुन्दरी माईको पुजा गरी मूल पुजारी र माइको मन्दिरका सेवक तथा भक्तजनहरुको लावालस्करले विशेष पैदलयात्रामा बाजागाजा सहित बेसीको मन्दिरमा माईलाई भित्र्याइएको थियो ।

Tuesday, December 2, 2014

धादिङबेसी मंसिर १६ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ चौथो धादिङ महोत्सव २०७१ पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसीमा हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले आज धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरि सो को जानकारी गराउनुभएको हो ।
धादिङवेसी खुल्ला मञ्चमा पौष ९ देखि हुने भनिएको महोत्सव विशेष कारणबस एक हप्ता अगाडि सर्न गएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अधिकारीले बताउनुभयो ।

Saturday, November 29, 2014

धादिङबेसी मंसिर १३ ।  दक्षिण कोरियामा सम्पन्न १७ औं एसियाडमा नेपालको तर्फबाट कराँतेखेलमा एकमात्र कास्य पदक विजेता विमला तामाङलाई नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले सम्मान गरेको छ । जिविस धादिङको सभाहलमा शनिबार (आज) एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
धादिङबेसी मंसिर १३ । धादिङ उद्योग वाणिज्य संघको २१ औं साधारणसभा धादिङवेसीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रका संयोजक भवानी राणाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि राणाले धादिङमा २ वटा उद्योग वाणिज्य संघ जस्तो दखिए पनि धादिङ उद्योग वाणिज्य संघ नै बैधानिक र आधिकारक उद्योग वाणिज्य संघ भएको बताउनु भएको थियो । आफूहरुबाट हुने सबै  आधिकारीक काम धादिङ उद्योग वाणिज्य संघबाट मात्रै हुने उहाँले स्पष्ट पार्नुभयो ।

Tuesday, November 4, 2014

नेपालको प्रत्येक नियम कानुनको पालना गर्दै नेपाली भुमिबाट बैदेशिक रोजगारीमा पुगेका नेपालीहरुको ग्यारेन्टी लिने काम नेपाल सरकारको हो । यसरी नेपाल सरकारले तोकेको कानुन बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरि बैदेशिक रोजगारीमा पुगेका नेपाली नागरिकहरुको अहिलेको जल्दोबल्दो समस्या के हो ? त्यसमा ध्यान दिने काम नेपाल सारकारबाट हुन सकिराखेको छैन । सन् २०१५ नोभेम्बर महिनाबाट अन्तर्राष्ट्रिय स्तरमा हस्तलिखित पासपोर्ट नचल्ने सूचनासंगै अहिले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा चिन्ता थपिएको छ ।
मुलुक यतिबेला संघीय राज्य निर्माणको जगमा उभिएको छ । सबल र सक्षम राष्ट्र निर्माणका लागि राज्यका हरेक अङ्ग र निकाय चलायमान र सबलीकरण हुनु जरुरी छ । जब राज्यका सबै निकाय स्वत स्फूर्त रुपमा    चलायमान  हुन्छन तब मात्र राज्य पूर्नसंरचना  सम्भव छ ।

Saturday, October 18, 2014

अब छाताको छानो कत्रो छ ?  एउटा कतिजना सम्मलाई ओत देला ? कतै च्यातिएको पो छ की ? चुहिन्छ की ? भनेर चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो छाताको आविष्कार गरेका छन् जो छोटो लठ्ठी जस्तै छ र सोही लठ्ठीले जस्तोसुकै झरीमा पनि जिउमा एकथोपा पानी पर्न दिनेछैन र पूर्ण रुपमा ओत लगाउनेछ ।

Thursday, October 16, 2014

धादिङ । काँग्रेस एमाले संविधान निार्माण प्रक्रियालाई आफुअनुकुल बजाउन खोजेको भन्दै आन्दोलकमा उत्रिएका दलहरुले शुक्रवार काठमाडौमा विरोध सभा गर्दैछन् । 
धादिङ नुवाकोट रसुवा लगाएतका जिल्लामा कार्यकर्ताहरुलाई विरोध कार्यक्रममा जनताहरु सहभागि गराउन समेत २२ दलले निर्देशन दिईसका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड मोर्चामा आवद्ध २२ दलले शुक्रबार काठमाडौंमा हुने प्रदर्शनमा खुलामञ्च भरिने गरी सडकमा मानिस उतार्ने दाबी गरेका छन् ।

Monday, October 13, 2014

असोज २८ धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङले आज पत्रकार सम्मेलन आयोजना ग¥यो । एमाओवादी साँङ्कोस गाविसका अध्यक्ष हरि गुरुङलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै पत्रकारलाई जानकारी गराउन पत्रकार ससम्मेलन आयोजना गरेको हो । आश्विन २२ गते नेपाली काँग्रसका कार्यकर्ता भरतबहादुर सारु मगरलाई इन्दबहादुर गुङले धारिलो हतियार प्रयोगगरी हत्या गरे गत्या गरेका थिए । अहिले गुरुङ प्रहरी हिरासदमा छन् ।

Thursday, October 9, 2014

धादिङ । नीलकण्ठ नगरपालीका –१३ साँङ्कोष मधुवन निवासी २५ बर्षीय काँग्रेस कार्यकर्ता भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको  छ ।
२३ असोज धादिङ  । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजनामा  भर्खरै सम्पन्न १७ औं एसियाली खेलकुद, इन्चोन २०१४ मा नेपालका लागि एक मात्र कास्य पदक बिजेता बिमला तामाङलाई सम्मान गरिएको छ । ११ हजार १ सय १ रुपैयाँ नगद र सम्मान पत्रका साथ आज पत्रकार महासंघ धादिङले सम्मान गरेको हो ।

Friday, September 26, 2014

दशैं हिन्दु धर्मावलम्वीहरुका लागि महत्वपूर्ण चाड हो । दशैंलाई आफन्तहरुको जमघट, भाइचार सम्बन्धलाई पुर्नताजगी गर्ने अवसरका रुपमा लिंदा पनि हुन्छ । धार्मिक विश्वासमा दैवी शक्तिले असुरी शक्ति अर्थात देवताहरुले राक्षसहरुमाथि विजय हाँसिल गरेको हर्षमा यो पर्व मनाइने उल्लेख छ । यस पर्वलाई विजया दशमी पनि भन्ने गरिन्छ । हिन्दु धर्ममा विभिन्न चाडपर्वहरु रहेका छन् ति मध्ये दसैंलाई सबैभन्दा ठूलो चाड मान्ने गरिन्छ । नेपालमा शाहीकालमा राजालाई नै देवताको रुपमा अथ्र्याइएको थियो, त्यतिबेला हिन्दु राज्यकै रुपमा नेपाल रहेको थियो । दशैं १५ दिनसम्म र लगत्तै तिहार ५ दिन हिन्दुहरुले विशेष रुपमा मनाउने पर्व हुन् । यसका अलाभा दर्जनौ पर्वहरु रहेका छन् । पौराणिक कालखण्डमा धार्मिक विश्वास एउटा ऐन नियम परिधिजस्तो अथवा नैतिक बन्धनका रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।
“लाहुरेलाई चाडवाड नआएकै जाती, परिवारको सम्झनाले पोल्छ मेरो छाती” कर्ण दासको आवाजमा भएको यो गीत केवल शब्द मात्र नभएर कामको खोजीमा खाडी मुलुक भासिएका बीस लाख भन्दा बढी प्रवासी नेपालीहरुको प्रतिनिधी आवाज पनि हो । पहिले पहिले आफ्ना छोराछोरीलाई दशैतिहार अनि चाडवाड मनाउने जोहो गर्न नसकेर आमा रुने गर्थिन आजभोली त्यही छोराछोरी परदेशमा बन्धकी बसेर चाडवाड मनाउने जोहो त भएको छ तर घरपरिवार पुरै शुन्य भएको छ अझ भनौ दशै मानिदिने मान्छे नै छैन । एक या दुई घर मात्रै होइन गाउँ पुरै शुन्य भएको छ युवाहरु विदेसिएका छन् महिला केटाकेटी र बुढाबुढी बाआमा नआउने छोराछोरीको बाटो कुरिरहेका छन् यही नै हाम्रो वर्तमान समाजको तीतो यथार्थता हो ।
जब दशैँ आउछ अनि हामी परदेशीलाई रुवाउँछ ! आफ्नै देश आफ्नै परिवेश आफ्नै आफन्त र आत्मीय मित्रहरुको सम्झनाले पिरोल्छ ! आफ्नै देशका उकाली ओराली, साथीभाईसँगको रमाइलो झल्झली आँखामा आउँछ ! भौतिक सुख सुविधाले सम्पन्न भए पनि आफ्नोपन र आत्मियता छैन !

Monday, September 22, 2014

मेरो जिन्दगी
Java को कोड र बाबा को झोक मै सकियो
नोट प्याड र उनको लिस्ट मा फसियो
लूप होल र उन्को ओरिपरि नै घुमियो
मेरो जिन्दगी Java र बाबा को चक्कर मा भूलियो ।

Friday, September 12, 2014

‘ए सेतु तेरो गाईले काँबाट बाच्छा पाउँछ भन् तो ?’ 
 मैले सेतुलाई सधै यही सोधेर हैरान पार्थेँ। 
अनि कहिलेकाहीं त उसले रिसाएर आफ्नो च्यातिएको मैलो फ्रक उल्टाउँदै भन्थी ‘यी ह्याँबाट ...... देखिस् ?’
होमराज विष्ट
बरिष्ट कृषि विकास अधिकृत धादिङ
धादिङ जिल्ला
–कुल क्षेत्रफल १९२४८७ हे.
–खेतीयोग्य जमिन ४८१३६ हे. (२५.०० ५)
–खेती गरिएको जमिन ३५३०० हे. (१८.२८ ५)
–सिंचित क्षेत्रफल १६५०० हे. (४६.७४ ५) खेती गरिएको जमिनको आधारमा खाद्यान्न वासलातको अवस्था न्यून ८३६३ मे.ट. अपुग ।
जिल्लाको कृषि प्राथमिकता
तरकारी, फलपूmल (सुन्तलाजात, लिची), मसला बाली (अदुवा), मह, च्याउ, वीउ उत्पादन ।
धादिङमा वीउ प्रतिस्थापन दरको अवस्था (क्च्च्) २०७१
 धान   – ५.५६ ५ प्रतिशद

Wednesday, September 10, 2014

अनिल शर्मा ‘विरही’
चितवन कृष्णपुरस्थित पार्टी कार्यालयको विवाद दुईथरि माओवादी पार्टीको मात्र नभएर आमसरोकारको विषय बन्न गएको छ । पार्टी कार्यालय प्रचण्ड पक्षका केही नेताको आलोचनाका बाबजुद आधा मूल्य तिरेर किनिएको थियो । म चितवन गएपछि  टगत रूपमा जो जहाँ भए पनि सबैको सहयोगमा झण्डै ३२ लाख ऋणसमेत तिरिएको थियो । जहाँ सहिद स्मृति सभा भवन र सहिद स्मारक छन् । मित्रमणि आचार्यदेखि जुगेडी किसान विद्रोहका सहिद दशरथ, जनयुद्धका सहिद केशव रिमाल ‘समर’ सहित सयभन्दा बढी सहिदका स्मृति फलकहरू कुँदिएका छन् । जनयुद्धको वीरता र गौरव झल्कने बच्चा र बन्दुक एकसाथ बोकेकी महिला छापामारको अमूर्तकला लोकप्रिय, दर्शनीय छ ।

Friday, September 5, 2014

धादिङबेसी । धादिङ जिल्लाका तीनवटा कम्यूनिष्ट पार्टीहरु ( एकृकीत नेकपा माओवादी,  नेकपा–माओवादी र नेकपा एकता केन्द्र )  बीच कार्यगत एकता भएको छ ।
 धादिङबेसीमा एमाओवादी धादिङ, नुवकोट र रसुवाका ईन्चार्ज हितबहादुर तामाङको विशेष उपस्थितिमा यी तीन पार्टी बीच कार्यगत एकता भएको हो ।
कार्यगत एकता पछि संयूक्त रुपमा कार्य संचालन गर्न रामबहादुर भण्डारीको संयोजकत्वमा तीन पार्टीको संयूक्त एकता मञ्च बनेको छ ।

Monday, September 1, 2014

श्रावणको गर्मी अलि अलि सञ्चो नहँुदैमा किन डराउनु र ? मैले यस्तै सोचेर साँझपख दुखेको शरीरलाई सान्त्वना दिएँ । राती त असाध्यै भयो, ज्वरो पनि एक सय दुई डिग्री, मलाई डर लाग्यो । पौने बाह्र बजे हरिदाइलाई घरमै लिन बोलाइ अस्पताल गएँ । रातिको समय डाक्टरसाब पनि आउनुभयो, ल्याबका साथीहरु पनि खट्नुभयो ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts